नेभिगेशन
समाज

नवग्रह मन्दिर परिसरका  १०८ पिपलका बिरुवाको गोडमेल

नेपालकै पहिलो नवग्रह मन्दिर तथा पञ्चकन्या मन्दिर परिसरमा रोपिएका १०८ पिपलका बिरुवाहरूको गोडमेल गरिएको छ। श्रावण महिनाको पवित्रता र हरियाली अभियानलाई सँगै जोड्दै शुक्रबारका दिन अर्जुनचौपारी गाउँपालिकामा धार्मिक रूपमा पवित्र पिपलका विरूवाका गोडमेल गरिएको हो।Messenger_creation_325CE5B7-989A-41D7-91E4-405B61E60226-1753456018.jpeg

यस गोडमेल  कार्यक्रममा सिमलचौरबाट आएका नव जागरण युवा क्लबका प्रतिनिधिहरूले चर्को घामको प्रवाह नगरी सक्रिय सहभागिता जनाएका थिए। क्लबका अध्यक्ष मनोज काफ्ले, सल्लाहकार नारायण काफ्ले लगायतको नेतृत्वमा युवाहरूले निस्वार्थ श्रमदान गर्दै पिपलका बिरुवाहरूको गोडमेल कार्य सम्पन्न गर्नुभयो।

यस अवसरमा नवग्रह मन्दिर व्यवस्थापन समिति का अध्यक्ष भरत पोखरेलले क्लबप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस्तो सेवाभाव युवाहरूबाट प्राप्त हुनु समाजको लागि प्रेरणाको स्रोत भएको बताउनु भयो ।

 समितिका सचिव लाल के.सी. ले वातावरण संरक्षण, धार्मिक चेतना र हरियाली प्रवर्द्धनका लागि यस्ता अभियान महत्वपूर्ण भएको बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्