नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

गल्याङमा बुधबार शोक विदा

गल्याङ नगरपालिकाले वडा नं. ३ का वडा सदस्य तथा नगरसभा सदस्य नारायण बहादुर थापाको निधनप्रति शोक व्यक्त गर्दै बुधबार शोक बिदा दिने घोषणा गरेको छ।

नगरप्रमुख गुरु प्रसाद भट्टराईले एक शोक विज्ञप्ति जारी गर्दै दिवङ्गत थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभएको छ, "पालिकाले एक होनहार, इमानदार र सच्चा जनप्रतिनिधि गुमाएकोमा स्तब्ध छ" भनेका छन्। 

स्थानीय तहमा जनताको सेवामा समर्पित एक कर्मठ प्रतिनिधिको असामयिक निधनले सम्पूर्ण पालिकालाई शोकाकुल बनाएको छ। स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित भई हालसम्म वडा सदस्यको रूपमा कार्यरत थापाको ६५ वर्षको उमेरमा निधन भएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्