डिभिजन वन कार्यालय स्याङ्जाले आर्थिक बर्ष २०८१/ ८२ मा वन्यजन्तुबाट क्षति ब्यहोरेका २१९ परिवारलाई पशुधनको १४ लाख १४ हजार राहत प्रदान गरेको छ ।
वन्यजन्तुले २ सय ४८ बाख्रा, १७ भैँसी, गोरु, भेडा र बङ्गुर २/२ वटा गरेर २ सय ७१ पशुमा क्षति गरेको थियो भने एक अन्नबालीमा क्षति पुर्याएको थियो । डिभिजन वनले बङगुर, बाख्रा र भेडाको ५ हजार देखि १० हजार, गाई, भैसी, गोरु र रागाँको १० देखि २० हजार राहत प्रदान गरेको कार्यालय प्रमुख नवराज बरालले जानाकारी दिनुभयो ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०८० अनुसार अहिले प्रदेश वन मन्त्रालयबाट विनियोजन गरेको बजेटबाट डिभिजन वन कार्यालय स्याङ्जाले पशुधन क्षति पुगेका परिवारलाई राहत प्रदान गरेको हो ।
यहाँ २०७९/८० मा भने वन्यजन्तुको क्षति पुगेको पशुधनको १८ लाख ८७ हजार ८० रुपियाँ राहत कृषकहरूले अझै पाउन सकेका छैन्न । यस आवमा ३ सय २५ घटनामा ३ सय ३८ पशुधनमा वन्यजन्तुले पुर्ण रुपमा क्षति गरेको थियो भने एक मानिस घाइते, २ सय ७९ कालिज कुखुरा र एक अन्नबालिमा क्षति गरेको थियो ।
विगतमा एक्याप मार्फत राहत दिने गरेकोमा सो समयमा संघीय वन मन्त्रयालय वन विभागले दिने निर्णण भएको र विभागसँग सो शिर्षकमा बजेट नहुदाँ कृषकले राहत नपाएको बरालले बताउनुभयो ।
आव २०८१/८२ मा डिभिजन वन कार्यालयले नौ वटा हरित पार्क निर्माण गरेको छ भने एक बगैचा चौतारो निर्माण, एक सामुदायिक वनको अतिक्रमित जग्गामा घेराबार गरेको छ । १४ हजार सात सय बहुबर्षिय विरुवा उत्पादन गरेको छ भने २५ हजार अमला, टिमुर, कुरिलो जस्ता जडिबुटीका बिरुवा उत्पादन र वितरण गरेको छ ।

यस्तै कार्यालयले एक रतुवा, तीन चिल, वटा एक सर्पको जीवित उद्धार गरेको छ भने मरेका छ वटा चितुवा, एक वटा रतुवा र एक ओतको उद्धार गरेको बरालले बताउनुभयो । कार्यालले एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण कार्याक्रम अन्तर्गत तीन वटा पोखरी निर्माण गरेको छ ।