नेभिगेशन
समाज

सहयोग रकम हस्तान्तरण

स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाइले भीरकोट नगरपालिकामा बसोबास गर्ने  विभिन्न स्वास्थ्य समस्याका कारण उपचाररत व्यक्ति तथा उनीहरूका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ। देव वहादुर खत्री, कोपिला खनाल, रञ्जित थापा, जितेन्द्र नेपाली, सोनी गुरूङ, मोहमद अलिमियालाई सहयोग हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाइका पूर्व सचिव जीवन कोइरालाले जानकारी दिनुभयो। कोइरालाका अनुसार उपचाररत व्यक्ती वा परिवारका सदस्यहरूलाई  प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गरिएको हो।

स्याङ्जा सहयोग समाज कतार, भीरकोट नगर इकाइका अध्यक्ष लिल बहादुर रोकाले जन्मस्थानका दाजुभाइ दिदीबहिनको दु:खमा मलम लगाउन वैदेशिक रोजगारीमा भीरकोटबाट कतार गएका र  संस्थामा आवद्ध सदस्यहरूले संस्था मार्फत  निस्वार्थ सहयोग गरेको बताउनुभयो। 

नगर प्रवक्ता दिपेन्द्र के.सी. ले  प्रवासमा रहदा समेत मातृभूमिको सेवामा  जुटेकोमा सहयोगी संस्थालाई धन्यवाद दिनुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा भीरकोट नगरपालिकाका प्रशासन प्रमुख सिताराम खनाल, स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटा, वडा नं ८ का अध्यक्ष नन्दलाल खनाल, लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी, संस्थाका पूर्व सचिव विदुर कोइराला , सदस्यहरू केशर बहादुर के.सी., शिव अर्याल, गुप्त बहादुर के.सी. लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्