नेभिगेशन
अर्थ/वाणिज्य

भीरकोटमा चेम्बर अफ कमर्श गठन

स्याङ्जाको भीरकोट नगरपालिकामा चेम्बर अफ कमर्श गठन गरिएको छ। आइतबार बयरघारी बजारमा भेला भएका भीरकोटका व्यवसायीहरूले तदर्थ समिती गठन गरेको हो। वालिङ चेम्बर अफ कमर्शका महासचिव गणेश राउतको आतिथ्यतामा सम्पन्न भएको भेलाले जब्बर अलि मियाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको हो।

तदर्थ समितिको उपाध्यक्षमा  रामप्रसाद भुसाल, महासचिवमा हरि काफ्ले, सचिवमा जुमाल अलि , कोषाध्यक्षमा रेखा बस्याल र सदस्यहरूमा पिता खनाल, भुवन मल्ल , मीन बहादुर के.सी., नारायण प्रसाद कोइराला  हुनुहुन्छ।  बांँकी २ सदस्य पछि थप हुने तदर्थ समितिका सचिव जुमाल अलिले जानकारी दिनुभयो।

यसैगरी भेलाले चन्द्र बहादुर बस्नेतको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिती समेत गठन गरेको छ। विधान मस्यौदा समितिको सदस्यमा आनन्द चिलवाल र जब्बर अलि मिया हुनुहुन्छ। भीरकोट नगरपालिकामा उद्योग वाणिज्य संघले प्रभावकारी ढङ्गले व्यवसायीको हितमा काम गर्न नसकेको र एकपक्षीय ढङ्गले पार्टीगत रूपमा अगाडि बढीरहेको सन्दर्भमा चेम्बर गठन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि चेम्बरको कार्यशैली उद्योग वाणिज्य संघको भन्दा के कति प्रभावकारी हुन्छ त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्