नेभिगेशन
समाचार

कालीगण्डकीमा जीप दुर्घटना , २० जना घाइते 

स्याङजाको कालिगण्डकी गाउँपालिकामा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्। वडा नम्बर ७ आरुखर्क स्थित जिरो-मिर्मी भित्री पक्की सडक खण्डमा गल्याङबाट मिर्मीतर्फ जाँदै गरेको लु. १ ज. ३१७४ नम्बरको बोलेरो (डबल क्याप) जिप सडक देखि अन्दाजी २५ मिटर तल खस्दा जिपमा सवार  १२ महिला र ८ पुरूष गरि २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

अन्दाजी १ बजे भएको दुर्घटनामा घाइते भएका व्यक्तिहरूको कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भैरहेको छ। घाइते हुने अधिकांश कालीगण्डकी गाउँपालिकाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेहरू मध्ये धेरैको अवस्था मध्यम खालको रहेको छ। उनीहरूको हात, खुट्टा , छाती, र अनुहारमा चोट लागेको छ। दुर्घटनामा परि २ जना बालबालिका पनि  घाइते भएका छन्।

 

घाईतेहरूको विवरण:-

१)    गाडि चालक जिल्ला स्याङजा गल्याङ न.पा. ७ चोक बस्ने वर्ष ३७ को लोक बहादुर सिंजाली- दाँया खुट्टामा चोट, अवस्था सामान्य    ।

२)    जिल्ला स्याङजा कालिगण्डकी गाउँपालिका वडा नम्बर-०४ बलाम बस्ने वर्ष ३५ कि यमकला पाण्डे -दायाँ खुट्टा,टाउको, चोट अवस्था मध्यम ।

३)    ऐ. कालिगण्डकी गा.पा. ६ बस्ने वर्ष ४५ कि नरमायाँ चुहान- अनुहारमा, बायाँ हातमा चोट, अवस्था मध्यम ।

४)    ऐ. कालिगण्डकी गा.पा. ४ बस्ने वर्ष ४२ कि रुपमायाँ राना- शरिरमा भित्रीचोट, अवस्था मध्यम ।

५)    ऐ.कालिगण्डकी गा.पा. ४ बस्ने रुप मायाँ रानाको छोरा वर्ष १० को रुपम राना- दायाँ हातमा चोट, अवस्था मध्यम ।

६)    ऐ. कालिगण्डकी गा.पा. २ बस्ने  वर्ष १९ कि लक्ष्मी थापा- अनुहारमा चोट, अवस्था मध्यम ।

७)    ऐ. कालिगण्डकी गा.पा.  ९ बस्ने वर्ष २७ को शक्ती भट्टराई- टाउको दायाँ खुट्टामा चोट, अवस्था मध्यम ।

८)    ऐ. कालिगण्डकी गा.पा. २  कोटाकोट बस्ने वर्ष १९ कि कृष्ण राना- अनुहारमा,दायाँ खुट्टामा  चोट, अवस्था मध्यम 

९)    जिल्ला पाल्पा तिनाउ गा.पा ३ बस्ने वर्ष २५ कि सुस्मा सुनार- बाहिरी चोट नभएको, अवस्था सामान्य ।

१०)    जिल्ला पाल्पा तिनाउ गा.पा ३ बस्ने वर्ष २९ कि अप्सरा सुनार टाउ- पेटमा भित्री चोट, अवस्था मध्यम ।

११)    जिल्ला स्याङजा वालिङ न.पा. ८ बस्ने वर्ष २९ कि जानुका भण्डारी- शरीरमा भित्री चोट, अवस्था सामान्य ।

१२)    जिल्ला स्याङजा वालिङ न.पा. ८  बस्ने जानुका भण्डारी को छोरी वर्ष ७ कि आरोही भण्डारी- वाँया खुट्टामा चोट, अवस्था मध्यम ।

१३)    वालिङ न.पा. १४ बस्ने वर्ष १९ कि तुलसा डुम्रे- वायाँ हातमा चोट, अवस्था सामान्य ।

१४)    जिल्ला गुल्मी कालिगण्डकी गा.पा. १ बस्ने वर्ष ६० को तारापती पाण्डे- टाउकोमा चोट, अवस्था मध्यम ।

१५)    जिल्ला स्याङजा गल्याङ न.पा. ११ बस्ने वर्ष २० को रबिन परियार- बाहिरी चोट नभएको,  सामान्य ।

१६)    ऐ.कालिगण्डकी गा.पा. २ बस्ने वर्ष २५ को पुर्ण बहादुर राना- बाहिरी चोट नभएको,  सामान्य । 

१७)    ऐ. कालिगण्डकी गा.पा. ७ बस्ने वर्ष ६४ को शालिकराम पाण्डे- टाउको,छाटी र बायाँ खुट्टामा भित्री चोट, अवस्था मध्यम ।

१८)    जिल्ला स्याङजा वालिङ न.पा. १४ बस्ने बर्ष ३९ की उमा डुम्रे- शरीर बाजारिएको अवस्था सामान्य ।

१९)    जिल्ला स्याङजा गल्याङ न.पा ४ कुरुङचे बस्ने बर्ष २५ की बिष्णु मायाँ- न्यौपाने ढाडमा भित्री चोट अवस्था सामान्य ।

२०)     ऐ. ९ तिरडाँडा बस्ने वर्ष ४२ की रेनुका खनाल- दाँया हात र छाती मा भित्री चोट अवस्था मध्यम ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्