नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

पूर्णामृत भवानी माविमा विपद्सम्बन्धि सचेतना कार्यक्रम

१६६ ओैं विश्व रेडक्रस दिवसको अवसर पारेर वालिङमा रहेको नेपाल जुनियर / युवा रेडक्रस सर्कल,पूर्णामृत भवानी माविले विपद् व्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ।रेडक्रस सर्कलका शिक्षक नायक यज्ञ पुरूष रिजालको संयाेजकत्वमा सम्पन्न उक्त कार्यक्रममा  सशस्त्र प्रहरी बल नेपाल ,३० नं गुल्म  स्याङ्जा ले सहजीकरण गरेकाे थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर भुजेलले विपद्सम्बन्धि तालिम सत्र सञ्चालन गर्नुभएको थियो भने सशस्त्र प्रहरी निरीक्षक  मीन बहादुर के.सी.  काे अगुवाइमा आगाेलागी न्युनीकरण सम्बन्धि डेमाे प्रदर्शनी गरिएको थियो । कार्यक्रममा जिल्ला रेडक्रस स्याङ्जाबाट युवा रेडक्रस संयाेजक विष्णु सुवेदीले जिल्लाका विविध गतिविधिबारे प्रकाश पार्नुभएकाे थियोे । 

हरेक वर्ष मे ८ मा मनाइन्छ l विश्व रेडक्रस दिवसमा याे वर्षकाे नारा " मानवतालाई जीवित राख्ने " रहेको छ। पूर्णामृत भवानी माविमा रहेको नेपाल जुनियर/ युवा  रेडक्रस सर्कलले वृक्षारोपण , सरसफाइ ,किशोर किशोरी तालिम , लैङ्गिक हिंसा विरूद्द सचेतना लगायत विविध कार्यक्रमहरू गर्दै आइरहेको पूर्व प्रअ विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्