नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
अर्थ/वाणिज्य

तेस्रो भीरकोट महोत्सवको तयारीमा उद्योग वाणिज्य संघ

भीरकोट नगरपालिकामा तेस्रो भीरकोट महोत्सव हुने भएको छ। भीरकोट उद्योग वाणिज्य संघको सल्लाहकार सहितको पूर्ण बैठकले यो वर्ष  महोत्सव गर्ने निर्णय गरेको हो।   यो वर्षको  पुस देखि चैत्रको बिचमा  छिमेकी पालिका र जिल्लामा हुनेसक्ने महोत्सवसँग नजुध्ने गरी महोत्सव गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालले जानकारी दिनुभयो।

१३ गते शुक्रबार बसेको भीरकोट उद्योग वाणिज्य संघको बैठकले स्थानीय कृषि उपजको बजारीकरण, विद्यार्थी प्रतिभा प्रस्फुटन, सांस्कृतिक झाँकी , अन्य व्यवसायिक र मनोरञ्जनात्मक गतिविधि सहित महोत्सव गर्ने निर्णय गरेको हो। महोत्सव भीरकोट खेलमैदानमा हुने छ। महोत्सव संचालनका लागि भीरकोट नगरपालिकाले  उद्योग वाणिज्य संघलाई यो आर्थिक वर्षमा ५ लाख अनुदान समेत दिने अध्यक्ष अर्यालले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्