नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

मुख्य सचिव अर्याल सहित सुरक्षाका उच्च अधिकारीहरु स्याङ्जा आउँदै

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल सहित सुरक्षाका उच्च अधिकारीहरु वैशाख २७ गते शनिवार स्याङ्जा आउदैछन् । मुख्य सचिव बहाली भएपछि आफ्नो गृहजिल्लामा दोस्रो पटक सुरक्षाका उच्च अधिकारी सहित अर्याल स्याङ्जा आउन लाग्नु भएको हो  । मुख्य सचिव अर्यालसगँ नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा स्याङ्जा आउने सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिनुभयो ।

स्याङ्जा सदरमुकाम पुतलीबजारमा नवनिर्मित राष्ट्रिय अनुसन्धान कार्यालय भवनको समुदघाटन मुख्य सचिवले गर्ने तालिका अनुसार शनिवार स्याङ्जा आउन लागेको सहाहयक प्रजिअ पौडेलले बताउनुभयो  । सहायक प्रजिअ पौडेलका अनुसार स्याङ्जाको एतिहासिक धार्मिक स्थल पुतलीबजारको सतौचण्डी र वालिङको गह्रौसुर मन्दिर दर्शन गर्ने कार्यक्रम समेत रहेको छ । शनिवार स्याङ्जा आउने कार्यक्रम अनुसार मुख्य सचिव सहित सुरक्षाका उच्च अधिकारीहरु शुक्रवार नै पोखरा आइपुगेको बताइएको छ ।

मुख्य सचिव अर्यालले आफ्नो गृह जिल्लामा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकदल, जनप्रतिनिधिहरु लगायतको सहभागितामा स्याङ्जाको विकासका बारेमा समेत छलफल र अन्तरक्रिया गर्ने बताइएको छ । अन्तरक्रिया स्याङ्जाको वालिङमा रहेको गह्रौसुर मन्दिरमा हुने वालिङ नगरपालिका स्रोतले जानकारी दिएको छ   । मुख्य सचिसँगै नेपाल प्रहरीका गण्डकी प्रदेशका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र काठमाण्डौ, कास्कीका प्रमुख जिल्ला अधिकारीहरु समेत औपचारिक कार्यक्रमहरूमा सहभागी हुने बताइएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्