नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

शैक्षिक सहायतासहित डा.सैयद स्याङ्जा  आउँदै

चर्चित चिकित्सक तथा समाजसेवी डा. मनोर दिन सैयद शैक्षिक सहायता बोकेर स्याङ्जा आउने हुनुभएको छ। डा. सैयद आफ्नो जन्मथलो भीरकोटका विद्यार्थीहरूको लागि शैक्षिक सहायता लिएर जिल्ला आउन लाग्नुभएको हो। उहाँ    १ सय ३० जना विद्यार्थीहरुलाई जाडो मौसमको लागि अति उपयोगी न्यानो कपडा सहितको शैक्षिक सामग्रीहरु वितरणको लागि  गृह जिल्ला स्याङ्जा आउने पारिवारिक स्रोतले जानकारी दिएको छ।

भीरकोट -८ स्थित श्री पब्लिक एकेडेमी मा.वि. का विद्यार्थीहरुलाई कात्तिक २ गते शैक्षिक  राहत स्वरूप शैक्षिक सामाग्रीहरु र न्यानो पोशाक  वितरण गर्न लागिएको सो विद्यालयका प्रधानाध्यापक  गीता रोका क्षत्रीले बताउनु भयो ।

देशका अधिकांश भाग पुगी नि:शुल्क स्वास्थ्य शिविर/शल्यक्रिया र राहत वितरण कार्यहरु गरि चर्चा कमाउन सफल चिकित्सक डा. सैयदले आफुले शिक्षा नै विकाशको मेरुदण्ड भनेर भविष्ययमा आफ्नो समाजसेवालाई अझै बिस्तार गर्ने योजना सुनाउनुभयो । 

वडा अध्यक्ष नन्दलाल खनालको संयोजन र   डा. सैयदको पहलमा भीरकोट-६ मा अवस्थित भाग्योदय मा.वि मा शैक्षिक सामाग्री वितरण भैसकेको छ। अहिले पनि अध्यक्ष खनालकै संयोजनमामा  शैक्षिक सामाग्री र न्यानो पोशाक वितरण गर्न लागिएको सैयदले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्