नेभिगेशन
अर्थ/वाणिज्य

 सदस्यको दु:ख बुझ्ने शुभलक्ष्मी सहकारी: व्याज र हर्जनामा २० लाख भन्दा बढी छुट

"समृद्धिका लागि सहकार्य" भन्ने मूल नारासहित आर्थिक कारोबार गरिरहेको शुभलक्ष्मी सहकारीले मुनाफा भन्दा सदस्यको  सेवालाई ध्यानमा राखेको पाइएको छ। भीरकोट नगरपालिका बयरघारीमा मुख्यालय रहेको सहकारीले आफ्ना सदस्यहरूलाई भाका नाघेको ऋणमा समेत २० लाख भन्दा बढी छुट दिएको हो।

इमानदार तर व्यवसायिक असफलता र आर्थिक अवस्था कमजोर भएका सदस्यहरूको हितलाई केन्द्रमा राखेर आर्थिक वर्ष २०८१/८२मा व्याज र हर्जनामा  २० लाख ३६ हजार रूपैयाँ छुट दिइएको संस्थाका अध्यक्ष भक्त बहादुर के.सी. ले बताउनुभयो।संस्थाको तेह्रौ साधारण सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष के.सी. ले    मुनाफा आर्जन भन्दा पनि विश्वासिलो, प्रविधिमैत्री, सर्वसुलभ  र गुणस्तरीय सेवा प्रदायक सहकारीको रूपमा सहकारीलाई व्यवस्थित बनाइएको दाबी गर्नुभयो। स्याङ्जा जिल्लाभरी कार्यक्षेत्र रहेको सहकारीका  २ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् भने संस्थाको वार्षिक आर्थिक कारोबार २६ करोड भन्दा बढी रहेको अध्यक्ष के.सी. ले जानकारी दिनुभयो।

FB_IMG_1760720222362-1760720261.jpg
साधारण सभाले  आर्थिक वर्ष २०८२/०८३ का लागि योजना, नीति तथा कार्यक्रम र बजेट पास गरेको छ।  पछिल्लो समय हरेक सहकारीललाई साधारण सभामा  तामझाम  नगर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दिएको निर्देशनलाई शुभलक्ष्मी सहकारीले कार्यान्वयन गर्दै आफ्नो साधरणसभा सम्पन्न गरेको जनाएको छ ।

सहकारीका अध्यक्ष भक्तबहादुर केसी, लेखा तथा सुपरिवेक्षण प्रतिवेदन संयोजक नुवादत्त अर्याल र व्यवस्थापकीय प्रतिवेदन सहकारीका व्यवस्थापक लेखबहादुर केसी (किरण) ले पेश गरेको प्रतिवेदन साधरणसभाले पास गरेको छ । साधरणसभामा उठेका विषयमा गम्भीर छलफल गरी सहकारीलाई अझै परिस्कृत र शेयरसदस्य मैत्री बनाउने गरी अगाडी बढाउने निर्णय गरिएको सहकारीका व्यवस्थापक लेखबहादुर केसीले जानकारी दिनुभयो । साधरणसभामा तीनओटा प्रतिवेदन पेश गरेकोमा शेयर सदस्यको राय, सल्लाह र सुझाव सहित पास गरी सम्पन्न भएको केसीले बताउनुभयो ।

FB_IMG_1760719750282-1760720260.jpg
सहकारीका शेयर सदस्यलाई सहकारी प्रशिक्षण संस्थाका प्रमुख सल्लाहकार छायाराम खनाल र जिल्ला सहकारी संघका सचिव मिनप्रसाद कोइरालाले दिएका दिनुभएको थियो । साधारण सभामा नियमित बचकर्ता, उत्कृष्ट कारोवार गर्ने, उत्कृष्ट लघुवित्त केन्द्र, उत्कृष्ट व्यवसायी, उत्कृष्ट कृषक, जेष्ठ नागरिक, २०८१ सालको एसईई परिक्षामा उत्कृट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको थियो । 

संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने र शेयर लाभांश ५ दशमलव २७ प्रतिशत वितरण गर्ने साधरणसभाले पास गरेको सहकारीले जनाएको छ ।संस्थाको विनियम २०७०, आर्थिक प्रशासन नियमावली २०७२, कर्मचारी प्रशासन नियमावली २०७२, बचत तथा ऋण नीति २०७७ र लघुवित्त कर्जा नीति २०७२ समयसापेक्ष संशोधन गर्ने प्रक्रिया अगाडी बढाउन साधरणसभाले म्याण्डेड दिएको सहकारीका उपाध्यक्ष तारकबहादुर केसीले जानकारी दिनुभयो । 

शेयर सदस्यहरुलाई ध्यानमा राखेर सहकारीले बिदाको दिनमा पनि सेवा प्रवाह गर्दै आएको छ । विद्यमान प्रतिकुल परिस्थितीका बावजुद आगामी वर्षहरुमा संस्थाले थप विश्वास र भरोसा सहितको सेवा अगाडी बढाउने प्रतिवद्धता व्यवस्थापकीय पक्षले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्