नेभिगेशन
समाचार

गल्याङमा सिसिटिभी र सडक बत्ती मर्मत नहुँदा सुरक्षा त्रास उच्च

देशभर तिहारको उल्लास र उज्यालोले सिंगारिएको बेलामा स्याङजाको गल्याङ बजार क्षेत्रमा सडक बत्ती र सिसिटीभी मर्मत नहुँदा सुरक्षा त्रास उच्च देखिएको छ। अन्यत्र  झिलिमीली बन्दा जिल्लाको तेस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित गल्याङ बजार अहिले रातको समयमा समेत झिलिमिली बन्न नसकेको हो ।

बजार क्षेत्रभित्र करिब दुई सय वटा सडक बत्ती बिग्रिएको कारणले बजार क्षेत्र उज्यालो बन्न सकेको छैन । यिनै बत्तीहरूले तिहार लगायतका पर्वहरूमा बजारको सौन्दर्य र सुरक्षा बढाउदै आयको थियो । बजार क्षेत्र र राजमार्ग छेउमा राखिएका बत्तिहरु समयमै मर्मत गर्न स्थानीयले पटक पटक माग गर्दै आएको तर पर्याप्त बजेटको अभावका कारण काम अगाडि बढ्न नसकेको गल्याङ ३ का वडा अध्यक्ष  कृष्ण भट्टराईले जानकारी दिनुभयो।

तिहारजस्तो झिलिमिली पर्वमा हुने सम्भावित चोरी, डकैती र आपराधिक गतिविधिमा निगरानी राख्नका लागि जडान गरिएका बजार क्षेत्रका १५ वटा सिसिटिभी क्यामराहरू समेत बिग्रिएका छन् ।  सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यी प्रविधिहरू काम नलाग्ने  बन्दा बजार बासिले असुरक्षित महसुस गरेका छन ।

तिहार उज्यालो र सकारात्मक ऊर्जा बोकेको पर्व भएता पनि यस्तो समयमा पनि स्थानिय तहले यस्ता समस्या समाधानमा नगर्दा बेला बेलामा बजार क्षेत्रमा अपराधिक घटनाहरु बढेको स्थानीय बताउछन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्