नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

२५१ सुत्केरीलाई पोषिलो झोला

स्याङ्जाको गल्याङ नगरपालिकाले सबै वडामा पुगेर सुत्केरी भेटघाट गरी पोषिलो झोला वितरण गरेको छ । गल्याङ नगरपालिकाले ‘उपप्रमुखसँग सुत्केरी भेटघाट तथा पोसिलो झोला वितरण कार्यक्रम अन्तर्गत ११ वटै वडामा पुगेर सुत्केरी भेटघाट गरी झोला वितरण गरेको हो ।

 गल्याङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वडा कार्यालय तथा विभिन्न स्वास्थ्य संस्थामा पुगेर दुई सय ५१ जना सुत्केरीसँग भेटघाट गरी झोला वितरण गरिएको नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले जानकारी दिनुभयो ।केही वडाहरुमा नगरप्रमुख गुरुप्रसाद भट्टराईसँगै नगर उपप्रमुख र केही वडाहरुमा  उपप्रमुख मात्रै पुगेर सुत्केरी भेटघाट गरी पोसिलो झोला वितरण गरिएको छ ।

गल्याङ नगरपालिकाको वडा नम्बर एक मा २१ जना सुत्केरीहरुसँग भेटघाट गरी पोसिलो झोला वितरण गरिएको छ । यस्तै, वडा नम्बर २ मा २४ जना, वडा नम्बर ३ मा ६३ जना, वडा नम्बर चार र पाँचमा १२/१२ जना सुत्केरीसँग भेटघाट गरी पोसिलो झोला वितरण गरिएको छ । यसैगरी, वडा नम्बर ६ मा २२ जना, वडा नम्बर सात मा २५ जना, वडा नम्बर ८ मा १९ जना सुत्केरीसँग भेटघाट गरि झोला वितरण गरिएको छ । यस्तै, वडा नम्बर ९ मा १७ जना, वडा नम्बर १० मा २० जना र वडा नम्बर ११ मा १६ जना  सुत्केरीहरुलाई भेटेर झोला वितरण गरिएको छ ।पोसिलो झोला अन्तर्गत सुत्केरीहरुका लागि एक क्यारेट अण्डा, हर्लिक्स, घिउ सहित सरसफाईका सामाग्रीहरु पनि वितरण गरिएको हो । 

आफ्नै ठाउँमा आएर झोला वितरण गरेकोमा स्थानीय सुत्केरीहरु खुशी देखिएका छन् । गल्याङ नगरपालिका वडा नम्बर पाँच डुम्रीचौरकी शान्तिमाया पाण्डेले भन्नुभयो, ‘यस्तो कार्यक्रम आउँदा जनप्रतिनिधि भएको महसुस भएको छ ।’ 

यस्तै वडा नम्बर ९ चितडाँडाकी रोसनी खनालले सुत्केरी भेटघाट कार्यक्रमले आफुलाई धेरै खुशी लागेको बताउनुभयो । आफुले अबिभावक पाएको महसुस गरेको उहाँको भनाई छ ।

 गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले कार्यक्रमबाट सानो सहयोगले पनि सुत्केरीहरुलाई फाइदा पुगेको बताउनुभयो । नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले सुत्केरीहरुको स्वास्थ्य सेवालाई ध्यान दिदै भेटघाट तथा झोला वितरण कार्यक्रम राखिएको बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्