नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

स्थानीयको सहजताका लागि: टोल-टोलमै सरकारी सेवा प्रवाह

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ वडा कार्यालयले ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरी स्थानीयको घरदैलोमै सरकारी सेवा प्रवाह गरेको छ। वडा कार्यालयबाट दुर्गम बस्तीका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान चलाइएको हो। वडा कार्यालयबाट दुर्गम मानिने आग्रीखर्क टोलमा पुगेर सञ्चालन गरिएको शिविरमार्फत तीन जनाको जन्मदर्ता, एक जनाको विवाह दर्ता, एक नयाँ नागरिकता सिफारिस, एक नागरिकता प्रतिलिपि सिफारिस, तीन वटा कर/तिरो भुक्तानी र दुईवटा अन्य सिफारिस गरी जम्मा ११ वटा सेवाहरू प्रदान गरिएको वडा अध्यक्ष सोभाकान्त काफ्लेले जानकारी दिनुभयो। सेवा प्रवाहसँगै शिविरकै अवसरमा वडामा चलिरहेका तीनवटा विकास योजनाहरूको अनुगमन समेत गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष काफ्लेले घुम्ती शिविरको माध्यमबाट दुर्गम बस्तीमा बस्ने नागरिकलाई सेवा लिन कार्यालय धाउन नपर्ने व्यवस्था गरिएको बताउनुभयो, साथै सबै टोलमा पुगेर सेवा दिने यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। वडा कार्यालयले ‘सेवा वडाबाट होइन, वडाले गाउँगाउँमा’ भन्ने अभियानमार्फत स्थानीय नागरिकले संघीयताको प्रत्यक्ष अनुभूति समेत पाएको उल्लेख गरेको छ। यसै सन्दर्भमा, साविकको रापाकोट गाविसका पाँचवटा वडा मिलेर बनेको वडा नम्बर ३, गाउँपालिकाको लम्बाइको हिसाबले सबैभन्दा ठूलो वडा भएको जानकारी पनि दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्