नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

आँधिखोलामा छोडियो माछाका भुरा

स्याङ्जाको आँधिखोलामा माछाका भुरा छोडिएको छ। सोमबार  विश्व मत्स्य दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिका स्थित आँधिखोला नदीमा १ हजार ५ सय  माछाका भुरा छाडिएको हो।  मत्स्य विकास केन्द्र मिर्मि, स्याङ्जा र पालिकाको समन्वयमा माछाका भुरा छोडिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो।

“जलिय जैविक विविधताको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षामा सम्बर्द्धन” भन्ने नाराका साथ मनाइँदै आएको विश्व मत्स्य दिवसको सप्ताहव्यापी कार्यक्रम जारी छ।कार्यक्रमका क्रममा स्थानीय जलस्रोतमा माछाको उत्पादन वृद्धि गर्न र  जैविक विविधताको संरक्षण गर्न  आगामि दिनहरूमा थप माछाका भुरा छोडिने  छाेडिने नगर प्रमुख कर्माचार्यले  बताउनु भयाे।

मत्स्य विकास केन्द्रका प्राविध तिलक रावतले  आँधिखोलामा मुख्य गरी सहर,असला,कत्ले,रोहु जस्ता प्रजातिहरू भूराहरू छोडिएको  जानकारी दिनुभयाे।

आँधिखोलामा भुरा माछा छोडेपछि नगरपालिकाले अर्को सूचना जारी नभएसम्म माछा मार्न रोक लगाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्