नेभिगेशन
समाज

जिल्लास्तरीय महिला पञ्चेबाजा प्रतियोगितामा एकुवार पञ्चेबाजा समुह प्रथम

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान समापन गरिएको छ। "प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौ " भन्ने नारासहित एकीकृत सेवा कार्यालय, स्याङ्जाले आयोजना संचालन गरेको अभियानको अन्तिम दिन बुधबार  जिल्ला स्तरीय महिला पञ्चेबाजा प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा भीरकोट वडा नं ६ को एकुवार मगर पञ्च बाजा समूह  प्रथम भएको छ। गायन तथा पञ्चेबाजाको संगीत मार्फत महिला अधिकार र आवाज मुखरित गर्न  भीरकोट नगरपालिकासँगको समन्वयमा एककीकृत सेवा कार्यालयले  भीरकोट खेलमैदानमा प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगितामा राम्चेदेबी आमा समूह द्वितीय, मातृभूमी आमा समूह तृतीय र कालीगण्डकी जनविकास आमा समूह सान्त्वना भएका छन्। विजेताहरूले क्रमश: १२ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा बोल्दै भीरकोट नगरपालिका  नगर प्रमुख गोबिन्द कुमार कर्मचार्यले हिंसा  समाजको सबै सचेत नागरिक महिला  हिंसा विरूद्ध उभिनुपर्ने धारणा राख्नुभयो। नगर उपप्रमुख भगवती रेग्मी अर्यालले महिलाहरुको हक हितका लागि नगरपालिकामा न्यायीक समिती हुने जानकारी गराउँदै परिवार, समाज वा कार्यक्षेत्रमा हुने सबै खाले महिला हिंसा विरूद्ध महिलाहरू एकजुट हुनुपर्ने बताउनुभयो।

निवर्तमान नगर प्रमुख छायाराम खनालले कार्यक्रम बोल्दै महिला हिंसा हुन नदिन पहिला महिला नै सचेत  हुन पर्ने धारणा राख्नुभयो। समाजमा महिला विरूद्ध शारीरिक र मानसिक हिंसा हुने गरेको बताउँदै उहाँले  महिलाहरुलाई हिंसा विरुद्ध उच्च मनोबलका  लड्न / बोल्न सुझाब दिनुभएको थियो।

संस्कृतिको संरक्षण, महिला शसक्तिकरण र महिला हिंसा विरूद्धका जनचेतना जगाउन महिला  पञ्चेबाजा  प्रतियोगिता  आयोजना गरिएको एकीकृत सेवा कार्यालय, स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी  निरीक्षक सागर कार्कीले   प्रविधिको दुरूपयोग हुँदा महिलाहरू साइबर क्राइमको सिकार बनिरहेको बताउँदै महिलाको सम्मान गर्नु र साइबर नैतिकताको पालना गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। महिलाको विरुद्ध जथाभावी  लेख्ने,अस्लिल फोटो,  भिडियो  राख्ने कार्यले महिला हिंसा बढेको बताउँदै उहाँले सामाजिक संजाल मार्फत हुने हिंसा र ठगी रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, आमा समूह र  जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्