नेभिगेशन
अर्थ/वाणिज्य

सवारी चेकिङबाट मात्रै  ९ लाख राजस्व संकलन

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंसिर महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ l प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार राजमार्गमा सवारी चेकिङबाट ९ लाख रूपैयाँ राजस्व संकलन भएको छ l मङ्सिर महिनामा ३ वटा सामान्य दुर्घटना भएका छन् भने त्यी दुर्घटना सबै दुर्घटनाको कारण तीब्र गति भएको प्रहरीले जानकारी दिएको छ l

ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायव निरीक्षक  भुपेन्द्र प्रसाद गौलीका अनुसार १ हजार १ सय १२ सवारी साधनलाई कारबाही गर्दा ९ लाख २४ हजार ५ सय राजस्व संकलन भएको हो l ट्राफिक प्रहरीले राजमार्गमा दुर्घटना न्युनीकरणका लागि जनचेतना, सडक मर्मत सम्भार लगायतका कार्यहरू समेत गर्दै आएको छ l

प्रहरीले अवैध रूपमा प्राकृतिक सम्पदा दोहन गर्ने सवारी साधनलाई समेत कारबाही गरेको छ l मङ्सिर महिनामा १० वटा ट्रयाक्टर र १ ट्रीप्परलाई  कारबाही गर्दा १ लाख ५० हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी कमल नेपालीले जानकारी दिनुभयो l यस्तै अदालतको फैसला कार्यान्वयनमा सघाउँदै  प्रहरीले मंसिर महिनामा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ l फरार प्रतिवादीबाट ५१ लाख ७८ हजार १ सय २२ रूपैयाँ संकलन हुने बताइएको छ l

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य
जिल्ला प्रहरी कार्यालयलाई  मुक्तिनाथ बैंकद्वारा  टेलिभिजन सहयोग

जिल्ला प्रहरी कार्यालयलाई  मुक्तिनाथ बैंकद्वारा  टेलिभिजन सहयोग

-मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टिभी प्रदान गरेको हो। - सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका संचालक भरत लम्सालले प्रहरी कार्यालय प्रमुख दधिराम पाण्डेलाई टि.भि...