नेभिगेशन
अर्थ/वाणिज्य

गण्डकीमा सहकारी केन्द्रको नयाँ नेतृत्व : अध्यक्षमा कोइराला, सचिवमा आचार्य

पोखरा । सहकारी केन्द्र नेपाल गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। उक्त सम्मेलनले सात सदस्यीय पदाधिकारीसहित ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

सम्मेलनबाट अध्यक्षमा स्याङ्जाका श्री मीन प्रसाद कोइरालाज्यू सर्वसम्मत चयन हुनुभएको छ। यस्तै उपाध्यक्षहरूमा श्री हरि बहादुर खनाल (गोरखा), श्री पार्वती पनेरु (कास्की) र श्री लोक भट्टराई (म्याग्दी) चयन हुनुभएको छ। सचिवमा श्री गणेश प्रसाद आचार्य (कास्की), सह–सचिवमा श्री टिक बहादुर पण्डित क्षेत्री (लमजुङ) र कोषाध्यक्षमा श्री गगन बहादुर पुन (बाग्लुङ) चयन हुनुभएको छ।

सम्मेलनको अध्यक्षता श्री छवि लामिछाने (कास्की) ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन श्री रामचन्द्र पौडेल (लमजुङ) ले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सहकारी केन्द्र नेपालका फ्याक्सन इन्चार्ज श्री लिलामणि पोखरेलज्यू रहनुभएको थियो। उहाँले मन्तव्य राख्दै सहकारी आन्दोलनलाई कमजोर बनाउने प्रयासहरू बढिरहेको उल्लेख गर्नुभयो र सहकारी क्षेत्रलाई जनमुखी तथा पारदर्शी बनाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो।

कार्यक्रममा सहकारी केन्द्र नेपालकी अध्यक्ष श्री पार्वती थापाज्यू र उपाध्यक्ष श्री चन्द्रा ढकाल पराजुलीज्यूले शुभकामना मन्तव्य राख्दै सहकारीलाई उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रसँग जोड्नुपर्नेमा विशेष जोड दिनुभयो।

नव–निर्वाचित अध्यक्ष श्री मीन प्रसाद कोइरालाज्यू नेपाल कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश समिति सदस्य, जिल्ला सहकारी संघ स्याङ्जाका सचिव तथा कालिका माध्यमिक विद्यालयका अध्यक्षसमेत हुनुहुन्छ। उहाँले सहकारीमाथि पछिल्लो समय देखिएका चुनौतीहरूलाई सामूहिक प्रयासमार्फत समाधान गर्दै संस्थागत सुधारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्मेलनमा सहभागी वक्ताहरूले पछिल्लो समय सहकारी क्षेत्रमाथि सरकार र वित्तीय संस्थाबाट नियोजित रूपमा दबाब बढ्दै गएको भन्दै सहकारीको मूल मर्म र दर्शन जोगाउँदै पारदर्शिता, अनुशासन र जवाफदेहिता बलियो बनाउनुपर्ने धारणा राखेका थिए। सहकारी केन्द्र नेपाल गण्डकी प्रदेशले आगामी दिनमा सहकारी आन्दोलनलाई सुदृढ बनाउने, सदस्यहरूको हित संरक्षण गर्ने र समुदायमा आधारित आर्थिक गतिविधिहरूलाई पारदर्शी बनाउन रचनात्मक भूमिका खेल्ने निर्णय गरेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य
जिल्ला प्रहरी कार्यालयलाई  मुक्तिनाथ बैंकद्वारा  टेलिभिजन सहयोग

जिल्ला प्रहरी कार्यालयलाई  मुक्तिनाथ बैंकद्वारा  टेलिभिजन सहयोग

-मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टिभी प्रदान गरेको हो। - सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका संचालक भरत लम्सालले प्रहरी कार्यालय प्रमुख दधिराम पाण्डेलाई टि.भि...