नेभिगेशन
समाचार

युवाहरूलाई सरकारी जागिरतर्फ प्रेरित गर्दै अर्जुनचौपारी

अर्जुन चौपारी गाउँपालिकाले युवाहरूलाई सरकारी जागिरतर्फ प्रेरित गर्न अभिमुखिकरण कार्यक्रम गरेको छ। पालिकाले  शनिबार लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग  सम्बन्धी एक दिने निःशुल्क अभिमुखीकरण कार्यक्रम गरेको हो।

आर्थिक अवस्था र समयको अभावमा बजारमा पुगेर लोकसेवा / शिक्षक सेवाका ट्युसन लिन  नसक्ने  युवाहरूलाई स्वदेशमै रोजगारी गर्न प्रेरित गर्ने उद्देश्यले पालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो ।  

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले क्षमता विकास गर्दछु भन्नेलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भावी दिनमा कसरी अगाडि बढने भन्ने अभिमुखीकरण कार्यक्रमले बाटो देखाउने र प्रेरणा दिने काम गरेको बताउनुभयो । यो कार्यक्रम कुशल प्रशासक मात्र नभई डाक्टर इन्जिनियर बन्ने बाटो समेत भएको उहाँको भनाई थियो । उहाँले अभिमुखीकरणलाई लोक सेवा मात्र नभई सबै प्रकृतिका उदेश्य पुर्ति गर्नमा प्रयोग गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल सरकारका उपसचिव मित्र प्रसाद घिमिरेले आफूले धेरै दु:ख गरेर निजामती सेवा प्रवेश गरेको बताउदै सरकारी विद्यालयमा पढेको र आफ्नो टोलमा अझै मोटरबाटो नपुगेको बताउनुभयो । कार्यक्रममा पालिका उपाध्यक्ष सपना गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो । 

एक दिने अभिमुखीकरण कार्यक्रममा गाउँपालिका वडा नं–५ घर भई स्वस्थ्य मन्त्रालयमा कार्यरत उपसचिव मित्र प्रसाद घिमिरेले लिखित परिक्षा दिन कसरी पढ्ने र परीक्षा दिने भन्ने बिषयमा जानकारी गराउनु भएको थियो । 

यस्तै अर्जुन चौपारी गाउँपालिका वडा नं –३ घर भई स्वास्थ्य मन्त्रालयमा शाखा अधिकृत पिताम्बर रिमालले आईक्यू र गाउँपालिका पुर्व प्रशासकीय अधिकृत तथास्वास्थ्य मन्त्रालयका शाखाँ अधिकृत कौशलराज पाण्डेले समसामयिक विषयमा कसरी परीक्षा दिनेमा सहजिकरण गर्नु भएको थियो । अभिमुखीकरणमा लोकसेवाको तालिम लिन बन्चित कर्मचारी, आर्थिक अवस्था कमजोर भएका र विद्यार्थीहरु गरी १ सय५० जनाको सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्