नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

स्याङ्जामा वनमा आगो लगाउने दुई जना प्रहरी नियन्त्रणमा, अनुसन्धान सुरु

स्याङ्जाको वालिङ नगरपालिकाको सामुदायिक वन क्षेत्रमा डढेलो लगाएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–१४ स्थित हिमशिखर सामुदायिक वन क्षेत्रमा आगलागी गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा डढेलो लगाउने कार्यमा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका–१४ बस्ने २१ वर्षीय आशिक कुँवर र सोही वडाका २० वर्षीय सुदीप कुँवर रहेका छन्। उनीहरूलाई मिति २०८२ पुस ९ गते नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय वालिङमा बुझाइएको थियो। हाल उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक सागर कार्कीले दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्