नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

माहाजाल तथा करेन्ट प्रयोग गरेर माछा मार्न प्रतिबन्ध

स्याङ्जाको पुतलीबजार नगरपालिकाले आँधीखोला लगायत नगर क्षेत्रभित्र पर्ने खोलानालामा अवैध तरिकाले माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नदी तथा खोलाहरूमा महाजाल प्रयोग गर्ने, विद्युतीय करेन्ट लगाउने तथा अन्य अवैध उपाय अपनाएर माछा मार्ने कार्यमा रोक लगाएको हो।

नगर प्रमुख तुलसीराम रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, यस्ता विनाशकारी गतिविधिले जलचर, जैविक विविधता र वातावरणमा गम्भीर क्षति पुर्‍याइरहेको हुँदा यस्तो निर्णय लिनुपरेको हो। खोलामा विष हाल्ने, करेन्ट लगाउने वा महाजाल थापेर साना भुरासमेत सखाप पार्ने कार्यले पारिस्थितिक प्रणालीमै असर पर्ने भएकाले नगरपालिकाले यसलाई गम्भीरतापूर्वक लिएको छ।

नगरपालिकाले जारी गरेको सूचनाको अवज्ञा गरी कसैले उक्त कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्नका लागि सबै नगरवासीलाई यस नियमको पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ।

नगरपालिका द्वारा जारी सूचना जस्ता को तस्तै: 

suchana-machha-marna-rok-1767890037.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्