नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार
विपद् व्यवस्थापन

सुरक्षित आवासका लागि जस्ता पाता वितरण

गल्याङ नगरपालिकाले  विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत विभिन्न प्राकृतिक तथा आकस्मिक विपत्तिबाट प्रभावित नागरिकहरुलाई जस्ता पाता वितरण गरेको छ। सुरक्षित आवास निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जस्ता पाता (टिन) वितरण गरिएको  हो।

नगरपालिका भित्र विभिन्न समयमा विपद् परेका ३८ जना परिवारलाई कुल ८४ बण्डल जस्ता पाता वितरण गरिएको हो।

विपद्का कारण असुरक्षित बनेका घरपरिवारलाई सुरक्षित बसोबासको अनुभूति दिलाउने, पुनःस्थापनामा टेवा पुर्‍याउने तथा नागरिकको आधारभूत आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ जस्ता पाता वितरण गरिएको नगर प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्