नेभिगेशन
समाज

भीरकोटमा अपाङ्गता परिचयपत्र अध्यावधिक सुरू

भीरकोट नगरपालिकाले अपाङ्गता परिचयपत्र अध्यावधिक गर्ने कार्य सुरू गरेको छ । शुक्रबार वडा नं. ३ बाट परिचयपत्र अध्यावाधिकको काम सुरू गरिएको स्वास्थ्य शाखा प्रमुख श्रीराम अर्यालले जानकारी दिनुभयो । नगर उपप्रमुखको संयोजकत्वमा रहेको स्थानीय अपाङ्गता समन्वय समिति, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र भीरकोट नगर अस्पतालका डाक्टरको उपस्थितिमा भएको  घुम्ति शिविरबाट ३७ जना लाभग्राहीहरुको अपाङ्गता परिचयपत्र अद्यावधिक गरिएको अर्यालले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधी-२०७५ बमोजिम परिचय पत्र अध्यावधिक गरिने र असार मसान्त अगावै सबै वडामा पुगेर  अध्यावधिक गर्ने कार्य सम्पन्न गरिने नगर उपप्रमुख एवम् अपाङ्गता समन्वय समितिका संयोजक भगवती रेग्मी अर्यालले जानकारी दिनुभयो । साविकको महिला तथा बालबालिका कार्यालय र  भीरकोट नगरपालिकाले वितरण गरेका परिचयपत्र अध्यावधिक गरिने र परिचयपत्र वितरण कार्यविधी- २०७५ अनुसार वितरण प्रक्रियामा भएका पुराना त्रुटीहरू समेत सच्चाइने उहाँले बताउनुभयो । ‘प्रचलित कानुनबमोजिम अपाङ्गता भएका सबै व्यक्तिहरूको यथार्थ मूल्याङ्कन् गरी गुनासो नआउने र कोही नछुट्ने तरिकाले अध्यावधिक गर्न लागेका हौँ । कार्यपालिकाको निर्णय अनुसार वास्तविक  लाभाग्राहीको  यथार्थ विवरण लिन लागेका हौँ ।‘ उपप्रमुख रेग्मीले भन्नुभयो ।

पूर्ण अशक्त भएका लाभाग्राहीको घरमा नै पुगेर सेवा दिइएको स्वास्थ्य शाखा प्रमुख श्रीराम अर्याले जानकारी दिनुभयो ।उहाँका अनुसार भीरकोट नगरपालिका भित्र करिब ४ सय लाभग्राही रहेका छन् ।अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि अनुसार अपाङ्गता भएका व्यक्तिलाई फरकफरक रंगको परिचय पत्र प्रदान गर्ने गरिन्छ । त्यही परिचयपत्रका आधारमा लाभग्राहीले सामाजिक सुरक्षा भत्ता तथा प्रचलित कानुनबमोजिम अन्य सेवा समेत पाउँछन् ।

पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता गरी ४ भागमा वर्गीकरण गरी परिचयपत्र प्रदान गर्ने गरिन्छ ।परिचय पत्र वितरण कार्यविधिमा भएको व्यवस्था यस्तो छ :

क) पुणे अशक्त अपाङ्गताः

तल  उल्लेखित अवस्थाका व्यक्तिहरुलाई '' बर्गको परिचयपत्र उपलब्ध गराइनेछ जुन रातो रंगको पृष्ठभूमिमा बारी गरिनेछ ।

  • व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी प्रणालीहरुमा भएको क्षति र यसले ल्याएको कार्यगत विचलनको अवस्था असाध्य गम्भीर भई अरूको सहयोग लिएर पनि दैनिक जीवन सम्पादन गर्न असाध्यै कठिन हुने व्यक्ति,
  • सामान्य भन्दा सामान्य दैनिक क्रियाकलापहरु पनि स्वयं गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, तीव्र रुपमा अटिज्म प्रभावित व्यक्ति, पूर्ण रुपमा श्रवणदृ‌ष्टिविहिन व्यक्तिहरु,
  • दुई वा सोभन्दा बढी प्रकृतिका शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति भई सबैजसो दैनिक क्रियाकलापहरु अन्य व्यक्तिकै सहयोगमा गर्नुपर्ने अवस्थाका व्यक्तिहरु,
  • निरन्तर रुपमा सघन हेरचाह (स्याहार सुसार) को आवश्यक परिरहने, नियमित औषधी सेवन चिकित्सक र सहयोगीको निगरानीमा रहिरहने मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू ।
  • नियमित औषधी सेवा गरी नियमति चिकित्सक र सहयोगीको आवश्यक पर्ने शारीरिक अपाङ्गता भएका व्यक्तिहरु

(ख) अति अशक्त अपाङ्गताः

  • तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाइ '' बर्गको परिचयपत्र उपलब्ध गराइनेछ जुन निलो पृष्ठभूमिमा जारी गरिनेछ ।
  • शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति वा विचलन भएतापनि निरन्तर वा अधिकांश समय सहयोगी, दोभाषे वा मानव पथप्रदर्शक आदिको सहयोगमा आफ्नो दैनिक क्रियाकलापहरु लगायत हिडडुल र संचार गर्न कठिनाइ हुने व्यक्तिहरु,
  • मष्तिस्क पक्षघात, मेरुदण्डमा चोटपटक वा पक्षघात, हेमोफिलिया, मांशपेशी सम्बन्धी समस्या वा विचलन लगायत अन्य विभिन्न कारणले शरीरको ढाड, हात, गोडा, कम्मर आदिले काम गर्न नसकी दैनिक आवागमनको लागि हृविलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू,
  • दुव हात कुमदीख वा पाखुरादाख मुना पुर नचल्न वा गुमाएका, विभिन्न कारणले दुवै हात र गाडा गुमाएका वा नचल्ने, कम्मरभन्दा मुनिको माग गुमाएका वा नचल्ने, दुवै गोडा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू,
  • दृष्टिविहिन र पूर्ण दृष्टिविहीनको परिभाषा अर्न्तर्गत पर्ने व्यक्तिहरू,
  • संचारको लागि निरन्तर दोभाषे आवश्यक पर्ने पूर्ण रुपमा कान सुन्न नसक्ने (बहिरा), दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न नसक्ने, सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता वा अटिज्म भएका व्यक्तिहरु, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरू ।
  • नियमित औषधी सेवा गरि सहयोगीको साथमा कार्य सम्पादन गर्न सक्ने मनोसामाजिक अपा‌ङ्गता भएका व्यक्तिहरु

ग) मध्यम अपाङ्गताः

  • तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई '' वर्गको परिचयपत्र उपलब्ध गराइनेछ पहेँलो पृष्ठभूमिमा जारी नेछ ।
  • कृत्रिम अङ्ग, क्यालीपर, विशेष प्रकारका जुत्ता जस्ता सहायक सामग्रीको प्रयोगबाट सामान्य हिडडुल लगायत दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न सक्ने,
  • विभिन्न कारणले घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामग्रीको प्रयोग नगरी पनि सामान्य हिँडडुल गर्नसक्ने,
  • कुम वा पाखुरा भन्दा मुनी एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्न नसक्ने,
  • दुवै हातको हत्केलाभन्दा मनिका कम्तीमा बढी औंला र चोरी औंला गुमाएका
  • दुवै गोडाको कुर्कुच्चाभन्दा मुनिको भाग नभएका तर सामान्य हिडडुल गर्न सक्ने,
  • मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको,
  • सिकाइमा ढिलाइ भएका दैनिक क्रियाकलाप स्वयं गर्न सक्ने बौद्धिक अपाङ्गता र अटिजम भएका व्यक्तिहरु,
  • श्रवणयन्त्रको प्रयोगबाट वा ठूलो आवाज मात्र सुन्नसक्ने सुस्तश्रवण व्यक्तिहरू
  • शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नुपर्ने अवस्था भएका व्यक्तिहरु
  • ओठ तालु फाटेको कारण बोली अस्पष्ट भएका ब्यक्तिहरु,
  • बोल्दा अड्किने, शब्द वा अक्षर दोहोर्याउने समस्या तीव्र भएका भकभके व्यक्तिहरू,
  • तीन फिट भन्दा मुनिका होचापुड्का व्यक्तिहरू,
  • चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवणदृष्टिविहिन व्यक्तिहरु, लेन्स वा म्याग्नीफायरको प्रयोगबाट मात्र पढ्न सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरु,
  • अनुवशीय रक्तश्राव (हेमोफेलिया) सम्बन्धी समस्या भई दैनिक हिँडडुलमा कठिनाइ हुने व्यक्तिहरु,
  • नियमित औषधी सेवन गर्ने तर स्वतन्त्र रुपमा आफ्नो कार्य सम्पादन गर्न सक्ने मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु ।

) सामान्य अपाङ्गताः

  • तल  उल्लेखित अवस्थाका व्यक्तिहरुलाइ '' वर्गको परिचयपत्र उपलब्ध गराइनेछ जुन सेतो पृष्ठभूमिमा जारी गरिनेछ ।
  • शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका क्रियाकलापहरु स्वयम सम्पादन गर्न सक्ने
  • हात वा खुट्टा केही छोटो भएका, एक हातको हत्केला भन्दा मुनी नचल्ने वा गुमाएका, एक हातको हत्केलाभन्दा मुनिका कम्तीमा बूढी औंला र चोरी औंला गुमाएका वा दुवै हातको हत्केलामुनिका कम्तीमा बूढीऔंला र चोरीऔंला भएका ब्यक्तिहरु,
  • ठूलो अक्षर पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू,
  • दुवै गोडाको सबै औलाका भागहरु नभएका,
  • श्रवणयन्त्र लगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू,
  • आंसिक रुपमा औषधि सेवन गर्न पर्ने तर चिकित्सकको नियमित सम्पर्कमा रहनु पर्ने मानसिक वा
  • मनोसामाजिक अपागता भएका व्यक्तिहरु

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्