नेभिगेशन
समाज

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

"सफा र हरित वातावरण आजको आवश्यकता" भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विश्व वातावरण दिवसको  अवसरमा भीरकोट जेसीजले "वृक्षरोपण तथा मलजल कार्यक्रम"  गरेको छ। वातावरण दिवसको अवसरमा जेसिजले जेठ २२ गते  शुक्रबार भीरकोट खेल मैदानमा जेसिजले विगतमा रोपेका पुराना विरुवाको मलजल र वृक्षारोपण गरेको भीरकोट जेसिजका महासचिव मुनाल गोदारले जानकारी दिनुभयो ।

भीरकोट जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी विजय गुरुङले  भीरकोट खेलमैदानको परिसरलाई हराभरा तथा आकर्षक बनाउ, युवाहरूलाई वातावारण संरक्षणप्रति सचेत  बनाउन  र स्थानीय वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यका वृक्षारोपण र मलजल कार्यक्रम आयोजना गरिएको बताउनुभयो  । ‘केवल औपचारिकतामा मात्र सीमित नरही दिगोपनलाई ध्यानमा राखेर आयोजना गरिएको यस कार्यक्रममा भीरकोट खेल मैदान वरपरको क्षेत्रलाई हराभरा बनाउन ३५ भन्दा बढी विभिन्न प्रजातिका नयाँ बिरुवाहरू रोपिएका छन्। यसका साथै, पहिले रोपिएका पुराना बिरुवाहरूलाई दीर्घकालीन रूपमा बचाई राख्न तिनीहरूको गोडमेल र उचित मलजल समेत गरिएको छ।‘ अध्यक्ष गुरुङले भन्नुभयो  ।

कार्यक्रमलाई सम्बोधन गर्दै  नगरप्रमुख कर्माचार्यले पर्यावरण सन्तुलन राख्न वृक्षरोपण जत्तिकै महत्त्वपूर्ण यसको संरक्षण र गोडमेल भएको कुरामा जोड दिनुभयो  । खेलमैदान वरपरको वातावरण जोगाउन र हरियाली प्रवर्धन गर्न भीरकोट जेसिजले गरेको वृक्षारोपण र मलजल कार्यक्रमको प्रशंसा नगर प्रमुख कर्माचार्यले वातावरण संरक्षणमा हरेक सचेत नागरिकले ध्यान दिनुपर्ने बताउनुभयो  ।

कार्यक्रममा भीरकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष दिपेन्द्र के.सी., वडा नं. ७ का वडा अध्यक्ष तारा प्रसाद अर्याल, नेपाली काँग्रेस भीरकोटका सभापति एवम् जेसिजका मानार्थ सदस्य याम प्रसाद अधिकारी र जेसिजका पदाधिकारी एवम् सदस्यहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्