नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
अर्थ/वाणिज्य

नेपाल लाइफद्वारा स्याङ्जाका दुई विद्यालयलाई १२ थान कम्प्युटर प्रदान 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याङ्जाका २ विद्यालयलाई १२ थान कम्प्युटर प्रदान गरेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ फाइनान्स अफिसर चार्टर एकाउन्टेन्ट  प्रेम रेग्मी र इन्जिनियर उज्ज्वल  रेग्मीको पहलमा  भीरकोटका दुई सामुदायिक  विद्यालयहरूलाई  कम्प्युटर प्रदान गरिएको हो। पहलकर्ता दुबैजना भाग्योदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल लाइफले भीरकोट नगरपालिका वडा नं ६ मा अवस्थित   भाग्योदय माध्यमिक विद्यालय र  वडा नं ८ को पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा १२ थान कम्प्युटर प्रदान गरेको हो।  भाग्योदय मा.वि. लाई ७ थान र पब्लिक एकेडेमी मा.वि. लाई ५ थान कम्प्युटर वितरण गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वालिङ शाखा प्रमुख देवी प्रसाद न्यौपानेले जानकारी दिनुभयो।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन र कम्प्युटर शिक्षा प्रदान गर्न सहज गराउन  संस्थागत सामुदायिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको इन्स्योरेन्स कम्पनिका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीले बताउनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले  गण्डकी प्रदेशका विद्यालयलाई कम्प्युटर , स्टेसनरी, झोला र ट्राफिक प्रहरीलाई कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री प्रदान गरेको जानकारी दिनुभयो।

कम्प्युटर वितरण कार्यक्रममा बोल्दै इन्जिनियर उज्ज्वल रेग्मीले  आफ्नो गाउँठाउँमा सहयोग जुटाउन पाउँदा खुशी व्यक्त गर्नुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न तथा  गाउँको विकास र समृद्धिको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

यसैगरी नेपाल लाइफले गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा ५ सय ७६ झोला र ३ हजार ४ सय ५६ थान  कापी प्रदान गरिएको इन्स्योरेन्स कम्पनिका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्