नेभिगेशन
अर्थ/वाणिज्य

गल्याङको बजेट ८६ करोड

गल्याङ नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुतिसहित १९ औँ नगरसभा  सम्पन्न भएको छ। 

नगरसभामा नगर प्रमुख गुरु प्रसाद भट्टराईले  आगामी आर्थिक वर्षका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा सुशासनका प्राथमिकताहरू समेटिएको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो ।
नगर सभामा नगर उपप्रमुख हेमा न्यौपानेले ८६ करोड ६३ लाख ५० हजार रूपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभयो।

नीति तथा कार्यक्रम र बजेट मार्फत नगर सभाले “दिगो विकास, व्यवस्थित सहर र समृद्ध गल्याङ” निर्माण  गर्दै नागरिकको जीवनस्तर उकास्ने, उत्पादन र रोजगारी वृद्धि गर्ने तथा समावेशी विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको   छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्