नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
अर्थ/वाणिज्य

ग्याँस बिक्रीवितरणको अभिलेख राख्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाना पकाउने एलपी ग्याँसको बिक्रीवितरणलाई व्यवस्थित बनाउन विक्रेतालाई दैनिक बिक्रीको अभिलेख अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ।

प्रशासनले  सूचनामार्फत  बिक्रेताले आफूलाई प्राप्त र बिक्री गरेको ग्याँसको दैनिक विवरण राख्न निर्देशन दिएको हो।   ग्याँस बिक्रेताले उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा बिक्री गरिएको ग्याँसको परिमाण अभिलेखीकरण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए। प्रशासनले  पहिले आएका ग्राहकलाई प्राथमिकताका आधारमा ग्याँस उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

प्रशासनले अन्य सामान खरिद नगरेको भन्दै ग्याँस बिक्री गर्न इन्कार नगर्न विक्रेतालाई सचेत गराएको छ। त्यस्तै, उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्याँस भण्डारण नगर्न आग्रह गर्दै कृत्रिम अभाव सिर्जना हुन नदिन सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ।

प्रशासनले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायतका संघसंस्थालाई ग्याँस आपूर्तिमा सहजीकरण गर्न अनुरोध गरेको छ। निर्देशनको उल्लङ्घन गरी ग्याँस लुकाउने, अनावश्यक भण्डारण गर्ने वा अभिलेख नराखी बिक्रीवितरण गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्