नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
अर्थ/वाणिज्य

अवैध रूपमा खसीबोका ओसारपसार गर्ने बोलेरो जिप कारबाहीमा

गाउँपालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी खसीबोका ओसारपसार गर्ने बोलेरो जिपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

भाद्र १० गते साँझ करिब ५:१५ बजे प्रहरी चौकी बिरुवाअर्चले, स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक टिका सुवेदीको कमाण्डमा खटिएको गस्ती टोलीले बिरुवा गाउँपालिका–४, बाँहुदेखि स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ग ३ च ३१८४ नम्बरको बोलेरो जिप चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उक्त जिपमा बिरुवा गाउँपालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी ३२ वटा खसीबोका ओसारपसार गरिरहेको फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले जिपलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो। 

गाउँपालिकाले उक्त जिपलाई   ५ हजार ६ सय रूपैयाँ जरिवाना गरेको र जरिवाना असुल गरेपछि जिप छाडिएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिएका छ्न्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्