नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
अर्थ/वाणिज्य

निकासी कर नतिरी कवाडी सामान ओसारपसार गर्ने बोलेरो जीप कारबाहीमा

बिरुवा गाउँपालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी कवाडी सामान ओसारपसार गर्ने बोलेरो जीपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

भाद्र ११ गते बिहीबार   प्रहरी चौकी बिरूवाअर्चले, स्याङ्जाबाट प्रहरी वरिष्ठ हवल्दार राजु बुढा पृथीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिरुवा गाउँपालिका–१, बेलबारीस्थितमा बिरुवाबाट स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ना. ३ च ७२४३ नम्बरको बोलेरो जीप चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी कवाडी सामान ओसारपसार गरिरहेको फेला परेपछि प्रहरीले उक्त जीपलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जीपलाई आवश्यक कानुनी कारबाहीका लागि बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो। गाउँपालिकाले उक्त जीपलाई रु. ३ हजार जरिवाना गरेको र जरिवाना असुल गरी जीप छाडिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिएका छ्न्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्