नेभिगेशन
अर्थ/वाणिज्य

निकासी कर नतिरी ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी ब्रोइलर कुखुरा ओसारपसार गरेको जीपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार शनिबार प्रहरी चौकी बिरुवाअर्चलेबाट प्रहरी सहायक निरीक्षक टिका सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिरुवा गा.पा. १ कटहरेमा बलेरो जीप जाँच गरेको थियो ।

चेकजाँचका क्रममा बीएए २८४९ नम्बरको बलेरो जीपमा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी १५० वटा ब्रोइलर कुखुरा ओसारपसार भइरहेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जीप नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो । गाउँपालिकाले जीपलाई एक हजार पाँच सय ५० रुपैयाँ जरिवाना गरेको र त्यसपछि छाडिएको डीएसपी अवस्थीले जानकारी दिए ।

प्रहरीका अनुसार पालिकाले तोकेको निकासी कर नतिरी कृषि तथा पशुजन्य सामग्री ओसारपसार गर्ने सवारीमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्