नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
अर्थ/वाणिज्य

मालपोत र नापी कार्यालयद्वारा ४ करोड राजस्व संकलन

स्याङ्जाको वालिङमा रहेका मालपोत र नापी कार्यालयले एक वर्षको अवधिमा ४ करोड  भन्दा बढी  राजस्व संकलन गरेका छन्।घरजग्गाको खरिदबिक्रि एवम् नामसारी लगायतका सेवा प्रदान गरी आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म मालपोत कार्यालयले सेवाग्राहीबाट ३ करोड ९४ लाख ७६ हजार ४ सय ७ रुपैया राजस्व समेत संकलन गरेको नापी कार्यालयका प्रमुख जीवनाथ पौडेलले जानकारी दिनुभयो।

नापी कार्यालय, वालिङले  एक वर्षको अवधिमा ३ हजार ८ सय ६२ थान जग्गा नक्सा प्रिन्ट गरेको छ । त्यसैगरी ३ सय ४२ वटा कित्ताकाट गरिएको सेवाबाट कार्यालयले  करिब ९ लाख ५३ हजार ८ सय ९० राजस्व संकलन गरेको छ ।

सेवाग्राहीलाई सहज र छिटोछरितो तरिकाले सेवा प्रदान नापी र मालपोत कार्यालय वालिङले एकद्वार प्रणालीबाट  सेवा प्रदान गरिरहेका छन्। छोटो समयमै घरजग्गाको नक्सापास तथा नामसारी सेवा प्राप्त भएपछि  सेवाग्राहीलाई निकै सहज भएको छ । जसका कारण दुरदराजमा बसोबास गरेका सेवाग्राहीहरुमा खुशी छाएको छ । मालपोत कार्यालयका प्रमुख पौडेलका अनुसार सेवाग्राहीले टोकन लिएर आफ्नो पालोमा फाइल पेश गरेपछि कोठाकोठामा धाउन नपर्ने र काम सम्पन्न भएपछि सेवाग्राहीले उक्त फाइल प्राप्त गर्ने बताउनुभयो।

दुवै कार्यालयले विगत ७ बर्षदेखि निरन्तर सेवा प्रवाह गर्दै आएका छन् । सुुरु सुुरुमा जग्गा नामसारी गर्न होस या जग्गाको नक्सा निकाल्न नागरिखरू सदरमुकाम पुतलीबजार नै जानुपर्ने बाध्यता थियो । सेवाग्राहीको चाप तथा मागलाई सम्बोधन गर्दै २०७६ सालबाट वालिङमा मालपोत र नापी कार्यालयहरू  संचालन गरी सेवा प्रदान गर्न थालिएको हो।

स्थानीय सेवाग्राही  नेत्र पराजुुलीले मालपोत र नापी कार्यालय वालिङबाट छिटोछरितो सेवा प्राप्त हुने र नागरिकले सास्ती भोग्नु नपरेकोमा खुशी व्यक्त गर्नुभयो। 

मालपोत र नापी कार्यालयबाट  गल्याङ नगरपालिका  चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका, हरीनास गाउँपालिका अन्तर्गत ६ र ७ वडाका नागरीकहरुले  सेवा प्राप्त गरिरहेका  छन् । त्यसैगरी बिरूवा गाउँपालीका अन्तर्गत ६,७ र ८ वडा तथा भीरकोट नगरपालिकाको ४, ५, ८ र ९ वडाका नागरीकहरुले समेत सेवा लिने गरेका छन् । पछिल्लो समय सेवाग्राहीलाई थप र सहज सेवा का लागि एकद्वार प्रणाली सेवा प्रवाह गर्दै आएको कार्यालयले जनाएको छ ।

नापी कार्यालयले पनि सेवाग्राहीका लागि टोकन सिस्टम वाट सबैलाई समान तरिकाले सेवा प्रदान गरिरहेको   नापी कार्यालयका प्रमुख सुवास न्यौपानेले बताउनुभयो। टोकन लिएर राजस्व तिरेपछि नागरिकले सहज तरिकाले सेवा पाइरहेको उहाँले बताउनुभयो।

धरै जसो सरकारी कामकाजका लागि कार्यालयमा कोठाकोठा धाउनुपर्ने, ढिलासुस्ती र  धेरै झन्झट हुुने गुनासो आईरहेका बेला दुबै कार्यालयले एकद्वार प्रणालीवाट छोटो समयमै नापी र मालपोतका सेवा  पाउन थालेपछी सेवाग्राही खुशी देखिएका हुन ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्