नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

नैतिकता

शहरमा नैतिकताकाे ब्यापक बार्गेनिङ चल्दैछ
सत्य र निष्ठाकाे जगमा उब्जिएको नैतिकता ढल्दैछ
बजारमा नयाँपनकाे परिवर्तित नैतिकता फल्दैछ।
हिजाे राजनितिकाे नाममा खाेलानदी बेच्नेहरु
आज बिदेशमा जागिरका नाममा मान्छे खेद्नेहरु
सदनमा चर्काेे चर्काे स्वरले नैतिकता खाेक्दैछन्।
अर्कैका विवश श्रिमान र श्रीमती उडाउनेहरु
नजिकका छाेरीचेलीहरु खुलेआम गुडाउनेहरु
सदनमा नैतिकताकाे नवीन परिभाषा ठाेक्दैछन्।
पुजाकाे पन्चामृतमा समेत कमिसन कुम्लाउनेहरु
यदि गरे बिराेध भने आफ्नैसमेत सुम्लाउनेहरु
सडकमा साेझा ईमान्दारलाई नैतिकता पढाउदै छन्।
बाआमा बृद्धाश्रम पठाई थुक्नेहरु, श्रीमती कुट्नेहरु
लुट्नैका लागि मात्र जुट्नेहरु, खान नपाए फुट्नेहरु
सामाजिक सन्जालमा नैतिकता वकालत गरिरहेछन।
सँधै साेमरसमा झुल्नेहरु,चियागफमा समृद्धि बुन्नेहरु
सदाबहार जुवातासमा भुल्नेहरु,बेतुकका गफ सुन्नेहरु
भट्टीपसलमा तिनपानेसँगै, झुम्मिदै नैतिकता देखाईरहेछन्।
शक्तिपुजा र भक्तिगानमा नथाक्ने स्वघाेषित बिद्दतहरु
घरपरिवार र समाजबाट चाेईटिएका टपरटुईयाँ नेताहरु
सभा सम्मेलनमा नैतिकताकाे प्रवचन दिइरहेका छन्।
बिग्रिएकाे समाज राेईरहेकाे देश पैसाका लागि छाेड्नेहरु
स्वार्थ र फाईदाका लागि नातासम्बन्ध क्षणभरमै ताेड्नेहरु
सामाजिक सन्जाल र दुरदराजबाट राष्ट्रियता घाेक्दैछन्।
अर्काकाे उन्नति र प्रगतिमा रगतकाे आँसु छाेड्नेहरु
सहि दिशामा हिँडेकालाई स्वार्थका लागि अन्तै माेड्नेहरु
बदमासी भावले गरेका कुकृत्यका लागि जिब्रेा टाेक्दैछन्।
भनीदेउ मजदुर बेचिनु र शाेषित हुनुकाे मार के हाे?
पसिनाले प्यास बुझाउने किसान दलिनुकाे भार के हाे?
जबर्जस्त बनाईएका गरीबहरु, नैतिकताकाे सार के हाे?।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्