नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

लघुकथा “अन्त्य” को विमर्श

लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा “अन्त्य” को शनिबार विमर्श एवम् एकल लघुकथा वाचन गरिएको छ । 

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सव र आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३४ औँ पाइलाको रूपमा वालिङ नगरपालिका , मिर्दीमा लघुकथा विमर्श एवम एकल लघुकथा वाचन कार्यक्रम गरिएको हो । 

कार्यक्रममा “अन्त्य” लघुकथा कृतिसँगै लघुकथा विधा र नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित  रहेर अनन्त अर्याल,  शम्भु अर्याल,  इन्दु श्रेष्ठले विमर्श गर्नु भएको थियो । 

कार्यक्रमको सहजीकरण वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवाकवि मिलनले गर्नु भएको थियो । 

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु सरस्वती अर्याल, गुरु ढकाल, भविश्वर पङ्गेनी, खगेन्द्रजंग थापा, शोभाकान्त रेग्मी, विष्णु पङ्गेनी पाण्डे, जि.बी. राना, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, राजु गैह्रे, वसन्त खनालले आफ्ना उत्कृष्ट  रचनाहरु वाचन गर्नु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्