नेभिगेशन
कला - साहित्य

फापरथुममा साहित्यिक तथा वैचारिक गोष्ठी

आँधिखोला गाउँपालिका -६ फापरथुममा आनन्दआश्रम ज्ञान केन्द्रको ३०औँ अध्याय एवं साहित्यिक तथा वैचारिक गोष्ठी शनिबार गरिएको छ । गोष्ठीमा फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाले साहित्यले मानवलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो । 

आनन्दआश्रमको अभियानले ग्रामीण समाजलाई निकै उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको बानियाँले बताउनुभयो । गोष्ठीमा साहित्यकार दिवाकर सुवेदी, शिखा सुनार, सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले कविता र कथा सुनाउनु भएको थियो । यस्तै टिकाराम ढकाल वनपाले,संरक्षक त्रिलोचन ढकाल, डाक्टर ऋषिराम ढकाल र रिदम ढकालले आनन्दआश्रमका गतिविधि र भावी योजनाका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्