नेभिगेशन
कला - साहित्य

पोतपवित्रा- प्रवीण स्मृति पुरस्कारको स्थापना

स्याङ्जामा साहित्यिक स्रष्टालाई सम्मान गर्ने उद्देश्यले एक नयाँ साहित्यिक पुरस्कारको स्थापना गरिएको छ। गल्याङ नगरपालिका, करादीखोलाका ज्ञानप्रसाद- कमला उपाध्यायका घरपरिवारको तर्फबाट " पोतपवित्रा- प्रवीण स्मृति पुरस्कार कोष " को स्थापना गरिएको हो। नेपाली साहित्यको क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज स्रष्टालाई  सम्मान गर्न पुरस्कार स्थापना गरिएको स्याङ्जाली युवा कवि  एवं परिवारका सदस्य मिलन समिरले जानकारी दिनुभयो। उहाँका अनुसार वि. सं. २०८३ सालदेखि आजकै तिथिमा (सोह्र श्राद्धको सप्तमी) एक विशेष साहित्यिक समारोहको आयोजना गरेर हरेक वर्ष स्रष्टालाई पुरस्कृत  / सम्मानित गरिने छ। 

स्व. पोतप्रसाद उपाध्याय, स्व. पवित्रादेवी उपाध्याय र स्व. प्रवीण ज्ञवालीको स्मृतिमा स्थापना गरिएको उक्त साहित्य पुरस्कारको नगद राशि पहिलो वर्ष एघार हजार एक सय एघार, दोस्रो वर्ष बाह्र हजार दुई सय बाह्र र तेस्रो वर्ष तेह्र हजार तीन सय तेह्र हुँदै सोहीअनुसार पुरस्कार राशिमा वृद्धि गर्दै लगिने कुराको जानकारी परिवारद्वारा गराइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्