नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

साहित्य र संस्कृतिको संगम : भकुण्डे साहित्य उत्सव

स्याङ्जाको वालिङमा भकुण्डे साहित्य उत्सव  सम्पन्न  भएको छ। वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, स्याङ्जाको संयोजनमा भकुण्डेमा आयोजित श्रीमद्देवी भागवतमहापुराणम ज्ञान यज्ञमा बिहीबार भकुण्डे साहित्य उत्सव  संचालन गरिएको हो। नवदुर्गा पूजा व्यवस्थापन समितिले शिवपार्वती मन्दिरमा असोज ६ गतेदेखि संचालन गरिरहेको छ।

स्याङ्जाको साहित्यिक इतिहासमै  पहिलोपटक धार्मिक र साहित्यिक कार्यक्रमको  संयोजन गरिएको युवा साहित्यकार मिलन समीरले जानकारी दिनुभयो। संस्कृती र साहित्यको उत्कृष्ट संगम बनेको ऐतिहासिक साहित्य उत्सवमा मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे विकल्प, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गर्नु भएको थियो ।गजलकारहरु अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल वाचन गर्नुभएको थियो।

कविहरु अनन्त अर्याल, वसन्त खनाल, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दिलीप तिवारी, ढालबहादुर के.सी., इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, प्रेमबन्धु सुवेदी, राजु गैह्रे, शम्भु अर्याल, सुरेश पङ्गेनी, पूजा रेग्मी, बुढा सम्धी, लक्ष्मीप्रसाद रेग्मी, पवन अधिकारी र निखिलनारायण रेग्मीले कविता वाचन गर्नुभएको थियो।

भकुण्डे साहित्य उत्सवको संयोजन युवा साहित्यकार मिलन समीरले गर्नुभएको थियो। साहित्य उत्सवमा नवदुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा भएको थियो। भकुण्डे शिवपार्वती मन्दिरको स्थापना वि.सं. २०४८ सालमा भएको हो । शिवपार्वती मन्दिर भकुण्डेस्थित सिद्दार्थ राजमार्गको छेउमा रहेको छ ।पण्डित प्रकाश तिवारीद्वारा कथा वाचन गरिएको ज्ञान यज्ञ १५ गते बुधबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्