नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

भीरकोटमा 'देवकोटा काव्य उत्सव' हुने

स्याङ्जाको भीरकोट नगरपालिकामा "देवकोटा काव्य उत्सव -२०८२" हुने भएको छ। स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका सामुदायिक पुस्तकालयको संयुक्त आयोजना र  वडा नं ७ को विशेष सहयोगमा काव्य उत्सव हुन लागेको स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव एवं  कार्यक्रम संयोजक युवा कवि मिलन समिरले जानकारी दिनुभयो।  वडा नं ७ बलमाटामा अवस्थित कालिका सामुदायिक पुस्तकालयमा काव्य उत्सव आयोजना गरिएको स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले जानकारी दिनुभयो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती  साहित्यिक माहोलमा भव्य रूपमा मनाउन   ‘देवकोटा काव्य उत्सव–२०८२’ आयोजना गरिएको   प्रतिष्ठानका अध्यक्ष  रानाले बताउनुभयो।

काव्य  उत्सव यही कार्तिक २२ गते शनिबार बिहान ११ बजे कालिका पुस्तकालयमा हुनेछ। कार्यक्रम संयोजक एवं  प्रतिष्ठानका  सचिव समीरले स्याङ्जामा पछिल्ला वर्षहरूमा साहित्यिक कार्यक्रमहरू भव्यरूपमा हुँदै आएको भन्दै यस पटकको देवकोटा जन्मजयन्तीलाई “अझ बृहत् सहभागितामूलक, गुणस्तरीय र विशेष महत्त्वपूर्ण बनाउने उद्देश्य” रहेको बताउनुभयो। कार्यक्रममा जिल्लामा क्रियाशील प्रतिनिधि र समकालीन कवि, गजलकार मुक्तककार, साहित्यप्रेमी व्यक्तीहरू र विद्यार्थीहरूको सहभागिता रहने उहाँले जानकारी दिनुभयो।

काव्य उत्सव संचालनमा सहयोगी भूमिकामा रहेको भीरकोट नगरपालिका–७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले देवकोटा काव्य उत्सव जस्तो साहित्यिक कार्यक्रमको  आयोजनाले स्याङ्जाको  साहित्यको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। वडा कार्यालयले वडाभित्र संचालन हुने  साहित्यिक एवं  सृजनात्मक गतिविधिमा सधै सहयोग गर्ने उहाँले बताउनुभयो।

भीरकोट प्रज्ञाप्रतिष्ठान निष्क्रिय रहेको अवस्थामा पुस्तकालयले कार्यक्रमको सहआयोजना गर्नुलाई भीरकोटका  साहित्यप्रेमीहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्