नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

स्याङ्जामा देवकोटा काव्य उत्सव 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा स्याङ्जामा “देवकोटा काव्य उत्सव २०८२” गरिएको छ। जिल्लाको भीरकोट नगरपालिका –७ बलमाटामा शनिबार “देवकोटा काव्य उत्सव २०८२” गरिएको हो। स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा काव्य उत्सव गरिएको हो । 

महाकवि देवकोटा जन्मजयन्तीलाई बृहत्, सहभागितामूलक, गुणस्तरीय र महत्वपुर्ण बनाउने र यहाँको साहित्यलाई थप उचाईमा पुर्‍याउने  उद्देश्यले  काव्य उत्सव गरिएको  स्याङ्जा प्रतिष्ठानका अध्यक्ष  कुमार रानाले बताउनुभयो । 

कार्यक्रममा समकालिन स्याङजाली कविहरु चिन्तु गिरी, अनन्त अर्याल, अश्विन कुमार रेग्मी पल्लब, शम्भु अर्याल, दुर्गा बहादुर रोका, शालिकराम लम्साल, चण्डिका प्रसाद भट्टराई, लोक हरि पाण्डे क्षितिज, ध्रुब प्रसाद पंगेनी, यम प्रकाश खनाल, हरि प्रसाद पंगेनी, ढाल बहादुर केसी, प्रेमबन्धु सुवेदी, राजेन्द्र कुमार श्रेष्ठ, कमला अधिकारी सिग्देल, प्रकाश न्यौपाने चौरासपति, इन्द्र प्रसाद पाठक, यज्ञ गैह्रे, स्मारिका अर्याल, गोविन्द शरण रेग्मी, हिमांशु अर्याल, सुवोध रेग्मी लगायतले कविता वाचन गर्नु भएको थियो । यस्तै लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजंग थापा, कृष्ण खड्का, नारायण काफ्ले लगायतका गजलकारले गजल वाचन गर्नु भएको थियो ।समकालिन मुक्तककारहरु पारिस्वर न्यौपाने, शोभाकान्त रेग्मी, बिष्णु पंगेनी पाण्डे, विक्रम संवत, मुनाल गोदारले मुक्तक वाचन गर्नु भएको थियो । 

कार्यक्रम भीरकोट नगरपालिका वडा नं ७ को सहयोगमा भएको थियो।कार्यक्रममा वडाध्यक्ष ताराप्रसाद अर्यालले महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यको अग्रज तारा भएको बताउँदै कसैले कहिल्यै भुल्न नसक्ने बताउनुभयो । उहाँले काव्य उत्सवले स्याङ्जाको  साहित्यको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा ३१ जना साहित्कारहरुले कविता, गजल, मुक्तक वाचन गरेको स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक मिलन समीरले जानाकारी दिनुभयो । पुस्तकालयका अध्यक्ष शालिकराम अर्यालको अध्यक्षतामा सम्पन्न काव्य उत्सव कार्यक्रम संयोजक मिलन समीर संचालन गर्नु भएको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्