नेभिगेशन
कला - साहित्य

मलाई - राजनिती मनपर्छ

मलाई -
राजनिती मनपर्छ,
त्यसैले म राजनितीमा लागे साथी,
किनकि याे नितिहरुकाे राजा हाे,
सबैले खान मिल्ने खाजा हाे,
जाे काेहिले बजाउन मिल्ने बाजा हाे,
नशामा याे गाँजाहरुकाे पनि गाँजा हाे।
मलाई,
रगतकाे हाेलि मनपर्छ,
बाेल्नका लागि चर्काे बाेली मनपर्छ,
लुट्नेहरु अनि जयजयकार गर्ने टाेलि मनपर्छ,
मानव विध्वंस गर्ने विनाशक गाेली मनपर्छ,
कामचाेर भएरै हाेला आजभन्दा भाेलि मनपर्छ,
बिलासी सुँगुर म कमिशन बाेक्ने झाेलि मनपर्छ।
 
विद्रोही स्वाभाव मेराे-
राम्रो हाेस् या नराम्रो चित्त नबुझेकाहरुलाई गाली गर्छु,
थेग्नै नसक्ने समर्थन र माया लुटी स्वार्थकाे थाली भर्छु,
विराेधी हुन् या समर्थक सबैसँग गडगडाहट ताली खान्छु,
तन् मन् धन् र मत सबै खाेसेपनि आँफुभने खाली जान्छु।
ग्याट्सबी चरित्र मेराे-
तडकभडक र तामझाम देखाउछु,
मेरा मनगढन्ते बेतुकका बिचार बेाकाउछु,
अघिपछि मेरै कथा बुन्ने कथाकार नचाउछु,
दुनिया चकित पार्ने अनाैठा सँगित रचाउछु,
पानीका फाेकाजस्तै हरिया राता सपना सजाउछु,
समुद्रपारी अनि डाँडापारी देवतालाई फुल चढाउछु।
जेलिफिस स्वभाव मेराे-
वर्ष हाेईन महिना महिनामा दल परिवर्तन गरिदिन्छु,
सबैका मन , हृदयमा असन्तुष्टीकाे भुस भरिदिन्छु,
विभाजन र कटुताका कहिले नमर्ने बिज छरीदिन्छु,
आफ्नो फाइदाका लागि समुद्रको तट झरिदिन्छु,
पद प्राप्त गर्नका लागि मर्नै परे धक नमानी मरिदिन्छु,
थाहा छैन केहिपनि-
थानकाेट पारी के छ, नत भुगाेलकाे ज्ञान छ
जनअबस्था के छ, न त परिवेशकाे ध्यान छ,
काेलाहल र नग्नतामा निर्भिक रमाउने दाउ छ,
घात प्रतिघात र प्रचारप्रसारकाे बजारमा भाउ छ।
मेराे आफ्नै-
टुंगो छैन,म के गर्छु र गराउछु,
मलाई थाहा छैन, के लेख्छु र लेखाउछु,
म तिलमिलाउछु, के देख्छु र देखाउछु,
म लर्बरिन्छु, के बाेल्छु र बाेलाउँछु,
म थर्थराउछु, कहाँ हिँड्छु र हिँडाउछु,
कानेगुजि छ कानमा सुन्न चाहँदिन,भन्ने मात्रै रहर छ।
न सक्षमता न त नपुंसकता बुझ्दछ, बिचित्रकाे शहर छ।
लागे साथी म लागे राजनितिमा लागे
दुनियाँ ठगी जिल पार्ने हाेडबाजीमा लागे
सबै पेशा व्यापार छाेडी ठगबाजीमा लागे
समाजसेवी पछि पार्दै गुटबाजी र लुटबाजीमा लागे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्