नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

साहित्यिक इतिहासमै नौलो अभ्यास : वालिङमा पाण्डुलिपि विमर्श सम्पन्न

निबन्धकार वसन्त खनालद्वारा लिखित ‘निर्बन्ध–आख्यान’ कृतिको पाण्डुलिपिमाथि केन्द्रित रहेर विमर्श कार्यक्रम सम्पन्न भएको छ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्षोत्सवको ऐतिहासिक अवसर पारेर ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’ को ३९औँ शृङ्खलाका रूपमा यो कार्यक्रम आयोजना गरिएको हो। स्याङ्जाली साहित्यको इतिहासमै पहिलो पटक आयोजना गरिएको भनिएको यस पाण्डुलिपि विमर्श कार्यक्रम मंगलबार अपराह्न वालिङ–६ मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न भएको हो।

निबन्धकार वसन्त खनालको नवीनतम कृति ‘निर्बन्ध–आख्यान’ को पाण्डुलिपिमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको उक्त विमर्श कार्यक्रमको सहजीकरण ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’ का संस्थापक संयोजक, युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएको थियो।

कार्यक्रममा कृतिका स्रष्टा निबन्धकार वसन्त खनाल, कृतिका सम्पादक मिलन समीर तथा वक्ताद्वय अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल र अभियन्ता पारिश्वर न्यौपानेले प्रस्तुत कृतिमाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी राख्नुभएको थियो।

कार्यक्रममा अग्रज कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी र साहित्यप्रेमी चक्र डुम्रेले नवीनतम ‘निर्बन्ध–आख्यान’ कृति प्रकाशनको चरणमा पुगेकोमा खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्