नेभिगेशन
कला - साहित्य

आयाे बा! आयाे!!!

बा!
आयाे!
के आयाे?
बाघ आयाे।
हँ! कता आयाे? 
यतै हाम्राेतिर आयाे।
कस्ताे आयाे? राताे, पँहेलाे, हरियाे,....
हैन बा, राताे, कालै पाेतेकाे,अजंगकाे,डरलाग्दाे.....
केही हुँदैन, सिठी फुकेर भगाईदिने हाे....
हाेईन बा, याे भाग्नेखालकाे हाेईन,
मान्छे र माटाे दुवै खाने खालकाे बाघ हाे, ज्याद्राे छ।
हाेर? बाजा बजाएर लखेट्दे....
हाेईन बा, बाजा आँफै बजाउछ,सबलाई नचाउछ..
केही मृगहरु आहार दे..
हाेईन बा!! हामीलाई नै झम्टन्छ, गर्जन्छ, कुर्लन्छ
हत्ेरिका चिडियाखानामा राखिदेन.......
हुँदैन बा धेरैपटक भागिसक्याे, हामी थाकीसक्याे,
उफ्! उसाेभए ठाेकिदे!!!
हुँदैन बा! गाह्राे छ
किन? हाम्राे अन्तिम अस्त्र ....
त्याे त झनै हूँदैन बा...
लाखाैं मृगहरु, सयाैं ब्वाँसाहरु,लाँखाैं बाँदरहरु उसकै पछाडी छन्
हरे....त्यसाेभए भाग...
भागेर कहाँ जाने बा?
लडाउछु भन्छ, लडाउछ।
जलाउछु भन्छ जलाउछ,साच्चै जलाउछ।
भगाऊछु भन्छ, भगाऊछ, बित्यास पार्याे बा!!!
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्