नेभिगेशन
शिक्षा तथा खेलकुद

शैक्षिक गुणस्तर सुधार्न बृहत् शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम

सामुदायिक  विद्यालयमा शैक्षिक गुणस्तर  वृद्धि गर्ने उद्देश्यले  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम गरेको छ ।     पालिकाले शैक्षिक कार्यदलको समन्वयमा  एक हप्ते बृहत् शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम गरेको हो । शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गरेर संचालन गरिएको उत्प्रेरणात्मक कार्यक्रम वडागत रूपमा संचालन गरिएको थियो। पाँच वडामा रहेका ६ वटा माध्यमिक विद्यालय, मावि नभएको वडा नं–३ मा वडा  कार्यालय र गाउँपालिका भवनमा कार्यक्रम गरिएको हो । वडा र माविमा विद्यार्थी तथा अभिभावक सहभागी भएका थिए भने गाउँपालिकामा शिक्षकहरु सहभागी भएका थिए । 

Messenger_creation_142A142F-226B-43D2-B2DD-4A67950BF7E1-1748356503.jpeg
जेठ ५ गते पन्चकन्या मा. वि बाट सुरू भएको कार्यक्रम १३ गते पालिकाको सभाहलमा समापन गरिएको हो l पन्चकन्या मा. वि मा ३ सय ५० विद्यार्थी र २ सय ६५ जना अभिभावकको सहभागिता रहेको थियो l घन्टे मा.वि. मा गरिएको कार्यक्रमममा २ सय विद्यार्थी र १ सय ५० अभिभावकको सहभागिता रहेको थियो l यसैगरी सर्वोदय माध्यमिक विद्यालमा २सय २० विद्यार्थी र २सय अभिभावकको सहभागिता थियो l  जन माविमा २ सय ३० जना विद्यार्थी र २ सय अभिभावक, अमरज्योति मा. वि . मा १ सय ७० विद्यार्थी र १ सय २० अभिभावक,दरौँ मा. वि . मा १ सय ६०      विद्यार्थी  र २ सय ८० अभिभावक र वडा नं ३ मा ७५ जना विद्यार्थी र १ सय २० जना अभिभावकको सहभागिता रहेको थियो 

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यार्थीलाई आफै पढ्नु पर्दछ भन्ने सोचको वृद्धि गर्न, शिक्षकलाई धर्म र कर्मका आधारमा पढाउनु पर्दछ भन्ने बनाउन उत्प्रेरणात्मक कार्यक्रम गरिएको बताउनुभयो । उहाँले छोरा छोरी विद्यालय पठाएपछि केहि गर्नु पर्दैन भन्ने अभिभावकको सोचलाई परिवर्तन गरेर जिम्मेवार बनाउन कार्यक्रमको आयोजना गरेको बताउनुभयो । 

Messenger_creation_9509CDD5-88C3-4715-A047-48D2ECF737ED-1748356504.jpeg
दुई बर्ष पहिला केहिलाई समेटेर उत्प्रेरणात्मक कार्यक्रम गरेको बताउदै तिवारीले अहिले पालिकाका भित्रका कक्षा –४ देखि १२ सम्मका विद्यार्थी, सबै अभिभावक र पालिका भित्रका सबै शिक्षकलाई कार्यक्रममा सहभागी गराएको बताउनुभयो । 

एक हप्ते कार्यक्रममा विद्यार्थी, अभिवावक र शिक्षकले धेरै सिकेको र कार्यक्रम फलदायी हुने अपेक्षा पालिकाले लिएको तिवारीले बताउनुभयो ।उत्प्रेरणा कार्यक्रमबाट  १ हजार ४सय ५ विद्यार्थी, १ हजार ३ सय ३५ अभिभावक र ३ सय १२ शिक्षक लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिनुभयो। उत्प्रेरणा कार्यक्रमको सहजीकरण  रविकिरणले  गर्नु भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्