नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

नेपाल खेलकुद महासंघ स्याङजाको अध्यक्षमा श्रेष्ठ  

नेपाल खेलकुद महासंघ स्याङजा जिल्ला कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। शुक्रबार पुतलीबजार नगरपालिकामा भएको अधिवेशनबाट अध्यक्षमा  रमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ। अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा विरेन गुरुङ, सचिवमा सुवास गुरुङ, उपसचिव उर्मिला कुबँर, कोषाध्यक्षमा   महेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यहरूमा  कमला देवकोटा, विक्री गुभाजु, सुरेश आलेमगर, सन्तोष गुरुङ, उदय बहादुर रोका निर्वाचित हुनुभएको छ।

नेपाल खेलकुद महासघ स्याङजा जिल्लाको दोस्रो अधिवेशन जिल्ला अधिवेशन आयोजक कमिटी संयोजक रमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

अधिवेशनमा प्रमुख अतिथी एवं  नेपाल खेलकुद महासंघको केन्द्रिय  कमिटी सचिव  विष्णु पुन नेपालले महासंघ नेपालमा खेलकुदको विकास विस्तार तथा खेलको क्षेत्रमा देखिएका तमाम प्रकारका असमानता र विभेदको अन्त्य गर्न सक्दो प्रयास गरिरहेको बताउनुभयो।  खेलको माध्यमबाट देशको गौरव र प्रतिष्ठा विश्व स्तरमा फैलाउने महासंघमा आवद्ध सबैजना लागिपर्नुपर्ने उहाँको धारणा छ।

प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय  कमिटी सदस्य सिमा क्षेत्री जिल्लामा खेलकुदको  बहुआयामिक विकास गर्न नवनिर्वाचित कमिटीले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले) गण्डकी प्रदेश सल्लाहकार परिषद्को अध्यक्ष मोहन रेग्मीले अधिवेशनबाट निर्वाचित हुने कमिटीले संगठन विस्तार गर्दै खेलकुद विकासको अभियान तिव्र रुपमा संचालन गर्ने विश्वास  राख्नुभएको थियो ।

यसै गरी स्याङजा जिल्ला कमिटी सचिव रामचन्द्र भट्टराई, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य दिपेन्द्र पौडेल, निति तथा विज्ञ आयोग अध्यक्ष भरत गोदार र महासंघ प्रदेश कमिटी संयोजक  बोधराज गिरिले यस संगठनलाई मजबुद बनाई खेल अभियानहरु संचालन संगै स्याङजा जिल्लामा खेलकुद महासंघ जनसंगठन मध्य पहिलो हुने आसा भरोसा रहैको छ भन्दै- आ-आफ्नो  धारणामा राख्नु भएको थियो भने कार्यक्रम संचालन सुवास गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्