नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

जिल्ला स्तरीय हाजिरी जवाफमा  रामनदीधाम गुरूकुल प्रथम

विद्यार्थीहरुमा क्षमता तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यल पूर्णमृत भवानी माध्यमिक विद्यालयमा  जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिका वडा नं १० को आयोजना तथा पूर्णमृत भवानी माध्यमिक विद्यालयको समन्वयमा भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा रामनदीधाम संस्कृत गुरुकुलमले प्रथम स्थान हासिल गरेको छ । यस्तै , आदर्श मावि द्वितीय , उपल्लो पेखु मावि तृतीय र भाग्योदय मावि सान्त्वना स्थान हासिल गरेका छन् । 

प्रथम , द्वितीय , तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १० हजार , ७ हजार , ५ हजार र २ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रमको उद्धघाटन गर्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पोशाकमा एकरुपता ल्याउन आगामी बजेटबाट कम्तीमा एक थान स्थानीय सरकारले पोशाक वितरण गर्ने बताउनुभयो । पहिलो वर्ष सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने र दोस्रो वर्ष संस्थागत विद्यालयका विद्यार्थीलाई पनि एउटै पोशाक प्रदान गरिने उहाँको भनाई थियो । सबै विद्यार्थीको अधिकारको विषयमा फरक नगरीकन स्थानीय सरकार अघि बढ्ने योजना अघि सारको उहाँले बताउनुभयो । 

यसै वर्षको बजेटबाट स्थानीय सरकारले प्रतिभा प्रस्फुटन गर्न नयाँ कार्यक्रमको थालनी गर्ने उहाँको भनाई थियो । तिवारीले भन्नुभयो , ‘हामीले हरेक महिनाको अन्तिम दिन थकाइ मेटाउने खालको स्थल निर्माण गर्नेछौँ । त्यहाँ हरेक नागरिकले आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्नेछन् । “

सोही कार्यक्रममा पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रअ दिपक लम्सालले विद्यालय विद्यार्थीको लागि भएको बताउँदै  विद्यालय विद्यार्थीमैत्री हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

‘आगामी वर्षभित्र वालिङ नगरपालिका बालमैत्री नगरको रुपमा स्थापित हुन थालेको छ । यो विद्यालय वालिङ नगरपालिकाको केन्द्रमा रहेको कारण पूर्णामृत भवानीले नमुना कार्य गर्नुपर्ने जिम्मेवारी  छ । ’ 

पूर्णमृत भवानी माविलाई बालमैत्री बनाउन वडा नं १० को कार्यालयले २ लाख ५० हजार रकम विनियोजन गरको छ । यही रकम मध्येबाट जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको वडा सचिव दिपेन्द्र गैह्रेले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्