नेभिगेशन
शिक्षा तथा खेलकुद

वालिङका  शिक्षकलाई एकिकृत पाठ्यक्रम तालिम

वालिङ नगरपालिकाले कक्षा १-३ मा अध्यापन गराउने शिक्षकलाई एकिकृत पाठ्यक्रम तालिम सम्पन्न गरेको छ । रुम टु रिडको प्राविधिक सहयोगमा एकिकृत पाठ्यक्रम सम्बन्धी दश दिने कष्टमाइज्ड तालिम वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको हो । 

शिक्षामा गुणात्मक सुधार ल्याउने उद्धेश्यले संचालन गरिएको तालिममा नगरभित्र रहेको ६१ वटा सामुदायिक विद्यालयका कक्षा १—३ मा अध्यापन गराउने शिक्षहरुको सहभागीता रहेको थियो । असार ५ गते देखि २ चरणमा संचालन गरिएको तालिम असार १५ गते सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरपालिकाले शैक्षिक सुधारको लागि नयाँ कार्यक्रमहरु थप गर्ने योजना अघि सारेको बताउनुभयो । 

पोसाकमा एकरुपता ल्याउन सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने , प्रत्येक विद्यालयमा योग अभ्यास संचालन गर्ने र सामुदायिक विद्यालयमा संस्थागत जस्तै शैक्षिक गतिविधी संचालन गर्ने तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो , रुम टु रिड कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै उपप्रमुख तिवारीले भन्नुभयो , ’अब कक्षा १—३ का विद्यार्थीले नेपाली मात्र होइन अंग्रेजी विषय पनी स्पष्ट र शुद्ध पढ्ने बानीको विकास गराउनेछौँ । “

रुम टु रिडले गत वर्ष वालिङ नगरभित्रको २० सामुदायिक विद्यालयमा कार्यक्रम संचालन गरेको थियो । विद्यार्थीहरूमा पढ्ने बानीको विकास र नेपाली उच्चारण शुद्ध भएको कारण यस वर्ष पनि थप २० विद्यालयमा रुम टु रिडको कार्यक्रम संचालन भएको हो । 

एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा रुम टु रिडको प्रविधिक सहयोगले शिक्षकहरुलाई नयाँ शिक्षण विधि , विद्यार्थीको सक्रिय सहभागिता र पाठ्यक्रमको उद्धेश्य अनुसारको सिकाई रणनीति विकासमा सहयोग पुर्याउने शिक्षा अधिकृत दुर्गा न्यौपानेले बताउनुभयो । 

दश दिने कष्टमाइज्ड तालिमले नयाँ पाठ्यक्रमको संरचना , उद्धेश्य र मूल्याङकन विधिको बारेमा शिक्षकहरुलाई गहिरो ज्ञानको विकास भएको रुम टु रिडका कार्यक्रम अधिकृत टेक बहादुर ढेँगाले बताउनुभयो । 

तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयले व्यवहारमा लागू गराउँदा दिर्घकालीन रुपमा शिक्षाको गुणस्तरमा सुधार आउने नगरपालिकाले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्