नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

एसइइ  उत्तिर्ण विद्यार्थीलाई  बधाई तथा सम्मान 

भीरकोट नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्तिर्ण भएका विद्यार्थीहरूलाई  सम्मान गरेको छ। विद्यार्थीहरूको मनोबल बढाउन र  बधाई व्यक्त गर्न कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले जानकारी दिनुभयो।

कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले  विद्यार्थीलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गर्नुभयाे। उहाँले भन्नुभयो, "विद्यार्थीहरू राष्ट्रको उज्ज्वल भविष्य हुन्। नगरपालिकाले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन र शैक्षिक गुणस्तर बढाउन हर सम्भव प्रयास गरिरहेको छ।" उहाँले विद्यार्थीहरूलाई  आत्मविश्वास र मनोबल उच्च राखेर  जीन्दगीको  लक्ष्य र भविष्यप्रति प्रतिबद्ध हुन आग्रह गर्नुभयो।

कार्यक्रममा करिब १ सय जना एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा तथा  डायरी, पेन सहित सम्मान गरिएको थियो। उक्त कार्यक्रममा अभिभावक, विद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधि र सरोकारवालाको  उपस्थिति थियो।

नगर शिक्षा शाखा प्रमुख विष्णुप्रसाद काेइरालाको  अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै  उहाँले एसइइ  परीक्षा   जीवनको एक खुड्किलो भएको बताउँदै आगामी परीक्षाहरूका लागि सफलताको  शुभकामना दिनुभयाे। 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली, वडा अध्यक्षहरू दिपेन्द्र के.सी., नन्दलाल खनाल, शिक्षकहरू देवकी रेग्मी, अमृत अर्याल लगायतले शुभकामना  दिनुभएको  थियाे। कार्यक्रम  संचालन  बालमैत्री सहजकर्ता बिष्णु माया काफ्लेले गर्नुभएको थियाे।

२०८१ सालको एसइइ परीक्षामा भीरकोटका १७ माध्यमिक विद्यालयबाट ३ सय ४३ जना  विद्यार्थीहरू सहभागी भएका थिए । जसमध्ये २ सय ६० जना अर्थात् ७५.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। एसइइ परीक्षामा  सामुदायिक तर्फ महेन्द्र ज्योति मा.वि र  संस्थागत तर्फ बालोदय मा.वि. ले  उत्कृष्ट नतिजा प्राप्त गरेका थिए। महेन्द्र ज्योती माध्यमिक विद्यालयबाट  शतप्रतिशत विद्यार्थी  उत्तीर्ण भएका भने संस्थागत तर्फ बालोदय  मा.वि. बाट ९६.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्