नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै पोखराको प्रतिभा स्कुल

पोखराको पालिखे चोकमा रहेको प्रतिभा माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई सभागृह हलमा भव्य स्वागत गर्यो । दुई दिन गरिएको स्वागत कार्यक्रममा सभागृह हल खचाखच थियो । 

स्वागत कार्यक्रममा बोल्दै प्रतिभा माविका अध्यक्ष नारायण पौडेलले प्रतिभाका विद्यार्थीहरूले विभिन्न विधामा हासिल गरिरहेको उत्कृष्टताका कारण विद्यालयले राष्ट्रिय रूपमै पहिचान बनाइरहेको बताए ।

वास्तवमै प्रतिभा स्कुलले पछिल्लो समय शैक्षिक उपलब्धिमा फड्को मारेको छ । शैक्षिक सत्र २०८२ उत्कृष्ट जीपीए ल्याएका विद्यार्थीहरूको भीडले प्रवेश परीक्षाका दिन महेन्द्रपुल पालिखे चोक क्षेत्रको ट्राफिक व्यवस्था मिलाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टका सङ्कायहरूमा पोखरा र गण्डकी क्षेत्रका यस वर्ष एसइइ उत्तीर्ण गरेका  विद्यार्थीहरूको पहिलो रोजाइ बन्न यो विद्यालय सफल भएको छ । यसको मुख्य कारण यस विद्यालयका विद्यार्थीहरूले विगतमा प्राप्त गरेको नतिजा हो । 

पोखराका विभिन्न विद्यालयका मात्र होइन, स्याङ्जा, लमजुङ, गोरखा, म्याग्दी लगायत गण्डकी क्षेत्रका उत्कृष्ट विद्यार्थीहरूले यस वर्ष पनि प्रतिभालाई पहिलो नम्बरमा नै रोजे । 

पोखरामा सबैभन्दा बढी विद्यार्थी प्रतिभामै छन् । कक्षा ११ र १२ मा मात्रै अहिले एकहजार छ सय भन्दा बढी विद्यार्थी अध्ययन गर्छन । प्रतिभाले २०६० देखि प्लस टु मा म्यानेजमेन्ट अध्यापन थालेको थियो । २०६८ सालमा विज्ञान सङ्काय थपेको विद्यालयमा हाल व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन विषयका कक्षाहरू सञ्चालन भइरहेका छन् ।

२०४३ सालदेखि सञ्चालनमा आएको विद्यालयले आइएसओ सर्टिफाइड प्रमाणपत्र पाइसकेको छ । दक्ष तथा अनुभवी शिक्षक र कर्मचारी विद्यालयसँग आबद्ध छन् । प्रतिभाको आकर्षण नै यहाँ भर्ना भएका विद्यार्थीले प्राप्त गरेको उत्कृष्ट नतिजा हो । 

विद्यार्थीको सफलता

केही वर्ष अघि ३.९२ जिपिएसहित विद्यालयकी सुरती पाण्डे देशकै सर्वोत्कृष्ट बनिन् । प्रतिभाकै छात्र जेएन मिलनले काठमाडौँ विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा पहिलो नम्बरमा नाम निकाली इतिहास रचे ।

चिकित्सा शिक्षा आयोगले यो वर्ष लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसससी नर्सिङतर्फ प्रतिभा मा.वि.की आयुषा ढकाल नेपालमै उत्कृष्ट बनिन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिष्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा आफूलाई उभ्याउन सफल भइन् । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थाले लिएको इन्जिनियरिङतर्फको प्रवेश परीक्षामा पनि प्रतिभाकै अभिषेक न्यौपानेले आफूलाई देशभरमै तेस्रो नम्बरमा पार्न सफल भए ।

यो वर्ष मात्रै प्रतिभा माविबाट १२ कक्षा उत्तीर्ण गरेका करिब एकसय जना विद्यार्थीले उच्चशिक्षाका लागि विभिन्न निकायले लिएको प्रवेश परीक्षामा आफूलाई उत्कृष्ट सावित गर्न सफल भएका छन् । नर्सिङ, एमबिबिएस, बिडिएससहित चिकित्सा क्षेत्र र इन्जिनियरिङतर्फ तथा व्यवस्थापन सङ्काय अन्तर्गत बिआइटी, बिएससी सिएसआइटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआइएममा प्रतिभाका विद्यार्थीले पूर्ण छात्रवृत्तिसहित प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए ।

प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनिन् । अर्का छात्र कुशल लामिछानेले पनि एमविविएसमा आफूलाई अब्बल सावित गरेका थिए । ‘हरेक वर्ष प्रतिभाका विद्यार्थीले आफूलाई अब्बल सावित गराउन सफल भएका छन्,’ उनले भने, ‘यो वर्ष पनि छात्रवृत्तिमा प्रतिभाले नै प्रतिभा देखाइसकेको छ ।’ प्रिन्सिपल किरण आचार्यले भने ।

प्रतिभा माविले हरेक वर्ष कक्षा ११ मा विज्ञानमा ३ सय ६०, व्यवस्थापनमा ३ सय २० र होटल व्यवस्थापनमा ७६ जना विद्यार्थीको मात्र भर्ना लिन्छ । भर्ना हुन चाहने सयौँ मध्येबाट प्रवेश परीक्षामार्फत उत्कृष्टलाई छनोट गर्छ । 

विद्यालयका प्राचाार्य सापकोटा भन्छन्, ‘हामी विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिन्छौँ । वार्षिक र अन्य परीक्षाको रिजल्टले पनि विद्यालयको उत्कृष्टता पुष्टि गरिसकेको छ । विद्यार्थीलाई प्रविधिमैत्री तरिकाले पढाउँछौँ । गुणस्तरका लागि हरदम सक्रिय छौँ ।’ सापकोटाका अनुसार विद्यालयमा शैक्षिक सत्रको सुरुवातदेखि नै एमबिबिएस, बिइ, बिबिए, सिएको तयारीका लागि कक्षा सञ्चालन गरिन्छ । त्यसले उत्कृष्ट रिजल्ट दिलाउँछ ।


प्राचार्य सापकोटा उत्कृष्ट

पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा यो वर्ष अस्ट्रेलियाको क्यानवेरामा ‘उत्कृष्ट प्राचार्य २०२४’ को अवार्डबाट सम्मानित भए । अस्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको थियो ।

सापकोटालाई शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन, विद्यार्थीको क्षमता विकास तथा अतिरिक्त क्रियाकलाप र उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा यस्तै अवार्ड प्रदान गरेको थियो ।

नेपालको शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तित्व र विद्यालयलाई कलेज रिडर्सले वर्षेनी पुरस्कृत गर्दै आएको छ । योसँगै प्रतिभा माविले काठमाडौं उपत्यका बाहिरको उत्कृष्ट प्लस टुको अवार्ड पनि पाएको छ । उत्कृष्ट नतिजा र व्यवस्थापनमा अब्बलताको सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक व्यक्ति सङ्लग्न निर्णायक टिमको सिफारिसको आधारमा सम्मान गरिएको थियो ।


खेलकुदमा उत्कृष्टता

१७ औं संस्करणको हिसान स्पोर्टस मिटमा प्रतिभा मावि च्याम्पियन बन्यो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बन्यो । स्पोर्टस मिटमा समावेश चारवटा खेलमा नै प्रतिभाले बलियो उपस्थिति जनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्