नेभिगेशन
सुरक्षा/अपराध

चोरीका सामानसहित एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरीका सामानसहित एक युवकलाई पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका –६ टक्सार काउलेमा रहेको नर बहादुर गुरुङको किराना पसलबाट साउन १४ गते राति चोरी भएका सामनसहित   २२ वर्षीय तोरण परियारलाई प्रहरीले पक्राउ गरेको हो।

पसलबाट रियल गोल्ड वियर १७ बोतल, सोफी ब्रान्डको १ कार्टुन रक्सी, ९ प्याकेट विभिन्न कम्पनीका चुरोट, २० प्याकेट चाउचाउ तथा ५ केजी कुखुराको मासु चोरी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले तत्काल अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार परियारलाई नकवजनी चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।पसल सञ्चालक गुरुङले रातको समयमा पसलको सटर फोडेर चोरी गरिएको बताउनुभयो । 

चोरी घटनापछि स्थानीय बासिन्दा रातिको सुरक्षाका विषयमा चिन्तित देखिएका थिए ।घटनापछि तत्काल अनुसन्धान अघि बढाएर अभियुक्त पहिचान गरी पक्राउ गर्ने प्रहरीको कार्यप्रति स्थानीयले प्रशंसा व्यक्त समेत गरेका छन् । प्रहरीले घटनाका बाँकी पक्षबारे पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यस घटनाले स्याङ्जाको शहरी बस्तीहरूमा रातको समयमा हुने चोरीका घटनाप्रति सुरक्षा सतर्कतामा अझै कडाइ गर्नुपर्ने देखाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्