नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सुरक्षा/अपराध

लागू औषध मुद्दाको फरार कसूरदार २२ वर्ष पछि  पक्राउ 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषध मुद्दाको फरार कसूरदारलाई २२ वर्ष पछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा आँधिखोला गाउँपालिका वडा नम्बर ४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेल रहेका छन्।

पौडेललाई साउन  १८ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो।  उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको थियो। उनलाई  कास्की जिल्ला अदालतले  २०५९ वैशाख २३ गते लागू औषध मुद्दामा १०  महिना १८  दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना तोकेको थियो। तर उनी फरार रहेका थिए। 

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको फरार अभियुक्त पक्राउलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले निरन्तरता दिइरहेको चौधरीले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्