नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
शिक्षा तथा खेलकुद

प्याब्सनको आयोजनामा सामाजिक शिक्षकलाई तालिम 

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन, स्याङ्जाले  सामाजिक शिक्षकहरूलाई तालिम दिएको छ।श्रावण १७ गते शनिबार  संस्थागत विद्यालयका आधारभूत र माध्यमिक  तहमा सामाजिक अध्ययन विषय अध्यापन गर्ने  विषयगत शिक्षकहरुलाई एक दिने तालीम दिइएको हो।

पाठ्‌यक्रम परिमार्जन समितिका  सदस्य  एवं  लेखक दिनेश अर्यालले तालिममा सहभागी शिक्षकहरूलाई  प्रशिक्षण दिनुभएको थियो। भीरकोट नगरपालिकाको सिटीहलमा भएको १ दिने तालिममा जिल्लाका १ सय ३१ जना सामाजिक शिक्षकहरूको सहभागिता रहेक प्याब्सन स्याङ्जाका सचिव हरि प्रसाद अर्यालले जानकारी दिनुभयो। प्याब्सन स्याङ्जा र गिनिज प्रकाशन, काठमाडौंको सहकार्यमा भएको तालिममा प्याब्सन स्याङ्जाका पदाधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो। 

प्याब्सन स्याङ्ग‌जाका अध्यक्ष  राजेन्द्र बहादुर गोदारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्याब्सन केन्द्रीय कार्य समितिका सदस्य होमकान्त गौतम ले उद्‌घाटन गर्नुभएको थियो। तालिममा प्याब्सन स्याङ्गजाका वरिष्ठ  उपाध्यक्ष याम प्रसाद डुम्रे, भरत प्रसाद लम्साल, अर्जुन खनाल, नारायण आचार्यले तालिम र पाठ्यक्रमको उपयोगिता र महत्वका विषयमा  मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्